अल्डरसटमा पत्रकार दीपेन्द्रद्वारा एक दिने भाषण कला प्रशिक्षण

SHARE:


एटा संवाददाता
लण्डन । बेलायत भ्रमणमा रहेका पत्रकार दीपेन्द्र श्रेष्ठले बेलायतको अल्डरसट सहरमा एक दिने ‘भाषण कला तथा नेतृत्व बिकास तालिम’ दिएका छन् । उनले गत शुक्रबार ३१ मे साँझ अल्डरसटस्थित एम्पायर हलमा दिएका हुन् । श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष एवं रेडियो अन्नपूर्ण ९३.४ मेघाहर्ज पोखराका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । पोखरालाई केन्द्रमा राखेर दुई दशकदेखि पत्रकारिका गर्दै आएका श्रेष्ठले पत्रकारिकता, भाषण कला तथा नेतृत्व विकास, उत्प्रेरणा लगायतको बिषयमा प्रशिक्षण दिदै आएका छन्।
कार्यक्रममा प्रशिक्षक श्रेष्ठले करीब ४ घण्टासम्म प्रशिक्षण दिएका थिए । उनको प्रशिक्षणबाट धेरै कुरा सिक्न पाइएकोमा एक सहभागीले खुशी व्यक्त गर्दै आगामी दिनमा यस्तो खालको कार्यक्रम आयोजना गर्न समेत सुझाव दिए ।
माउसटेल वेभ सर्भिसेज, गोर्खा इन्फरमेशन म्यानेजमेन्ट र गोर्खा मिडियाको आयोजनामा सम्पन्न भएको प्रशिक्षणमा करीब १०० जनाको उपस्थिति रहेको कार्यक्रममा माउसटेल वेभ सर्भिसेजका मान गुरुङले इम्पावरमेन्ट ईभेन्टको बारेमा बोलेका थिए भने गोर्खा मिडियामा मिलन तमुले धन्यवाद र गोर्खा इन्फरमेशन म्यानेजमेन्टका पूर्ण गुरुङले श्रेष्ठको संक्षिप्त परिचय दिएका थिए ।


सो कार्यक्रमलाई एम्पायर हल, फोनिज युके, एफएनजे युके, सपन इन्टरटेन्टमेन, एभरेष्ट टाइम्स र पोखरेली मञ्च युकेले सहकार्य गरेका थिए । त्यस्तै, गोर्खा बुलियन, ओम्रो क्लोथ र सकुन फेशनले मायाको चिनो प्रायोजन गरेका थिए ।
नेपाली समुदायको नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति, डायोस्पोराका पत्रकारहरुले सो प्रशिक्षणको माँग गरेकोले सो प्रशिक्षणको आयोजना गरिएको आयोजकले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!