तमु प्ये ल्हु संघ यूकेको बैठक सम्पन्न

SHARE:

अल्डरसट । तमु प्ये ल्हु संघ यूकेको बैठक बसी विविध विषयमा छलफल गरेको छ । गत शनिबार, १ जुन २०१९ का दिन अल्डरस्थित एम्पायर हलमा सो बैठक बसेको हो । गृष्मकालीन भेटघाट (समर बिबिक्यु) को तयारीमा केन्द्रित रहेको बैठकमा एनआरएनए यूकेको आगामी निर्वाचनमा सो संस्थाको अध्यक्षमा उम्मेदवारी दिन लागेकी एनआरएनए यूके वर्तमान उपाध्यक्ष पूनम गुरुङले आप्mनो उम्मेदवारीबारे जानकारी गराएकी थिइन् । सो अवसरमा उनलाई संघले पूmल गुच्छा दिँदै शुभकामना दिएको थियो ।

संघका अध्यक्ष मेजर खुसीमान गुरुङ एमभिओको अध्यक्षतामा सम्पन्न बैठकमा समर बिबिक्युको तयारीबारे व्यापक रुपमा छलफल गरिएको थियो । संघले लन्डनस्थित फेल्थाम कम्युनिटी हलमा आगामी जुलाई २७ तारिखका दिन संघ अध्यक्ष मेजर गुरुङको नेतृत्वमा बिबिक्यु कार्यक्रम आयोजना गर्ने भएको छ । बैठकले खानातर्फ खाना संयोजक कृष्ण क्रोम्छे, ड्रिंक व्यवस्था गर्न ड्रिंक संयोजक सन्त पह्च्यु, टेन्ट र स्टेज ब्यबस्था गर्न तृतीय उपाध्यक्ष पूर्ण क्रोम्छे, बिएफबिएस गोर्खा रेडियोमा विज्ञापन दिनका लागि अध्यक्ष मेजर गुरुङ, पूजा सम्बन्धमा खेगी संयोजक डम्बर टु क्ल्हेप्री, अतिथि सम्मानको लागि सबै क्षेत्रीय सल्लाहकारलाई जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै, राफल ड्रका लागि उपाध्यक्ष बुद्धि क्रोम्छे र दिदीबहिनी र नानी केटाकेटीहरुको लागि युथ र दिदीबहिनीको लागि चम्चा रेस, बलुन तथा घैटो फुटाल्ने, म्युजिकल डान्स स्ट्याच्यु, मनोरंजन संयोजक जुमप्रसाद टु क्ल्हेप्री र उनको टिमले, टिकेट प्रिन्टिङ्ग कोषाध्यक्ष दिलीप तेलेजें र माइकिङ्ग र डेकोरेसन र प्रत्यक्ष प्रसारणको लागि मेडिया टिमलाई आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिए । संघका अध्यक्ष मेजर खुसीमान गुरुङ एमभिओ साहेबले यसपटकको पूजाको पूरा खर्चको प्रायोजन जानकारी गराए । राफल ड्र यसपटक गत वर्षको जस्तै पहिलो पुरस्कार १ तोला सुन, दोस्रालाई आधा तोला सुन, तेस्रोलाई १/४ तोला सुन र बाँकी पुरस्कार क्रमशः नगद प्रदान गरिने निर्णय गरियो ।

समर बिबिक्यु भेलामा विभिन्न चन्दादाताहरुलाई पनि सम्मान गर्ने कार्यक्रम हुने भयो भने यसपालिको समर बिबिक्युमा तमु प्ये ल्हु संघ केन्द्रका अध्यक्ष साथै प्रवासमा रहेका अध्यक्षहरुको पनि सहभगिता हुने प्रबल सम्भावना रहेको संघले बताएको छ । तमु प्ये ल्हु संघले आफ्नो ३ वटा परियोजना क्होइँबो तथा सामुदायिक भवन निर्माण, गुरुङहरुको खेगी गुरुहरुको संरक्षण र गुरुङहरुको भाषा, भेषभूषा र रीतिरीवाजलाई नयाँ पिढीलाई हस्तान्तरण गर्नु हो । यी ३ मुख्य परियोजना बाहेक तमु प्ये ल्हु संघ यूकेले आफ्नो देश नेपालमा पनि भैपरी आउँदा जस्तै भूकम्प तथा बाढीपीडितलाई राहत प्रदान गर्दै आएको छ । त्यस्तै, नेपाल विभिन्न छेमा क्होइँबो भवन निर्माण कार्यमा सहयोग पुर्‍याउँदै आइरहेको छ ।

यसअघि संघले सिक्लेस क्होइँबो प्रोजेक्ट र उत्तरी गोर्खा तमु समाज (फुङ्ग) लाई आर्थिक सहयोग गरेको थियो । त्यस्तै, सो बैठकमा यूके सुईटर नामक गुरुङ नेपाली चलचित्र सोही हलमा प्रदर्शन गरिएको थियो । सो चलचित्र निर्माता मेजर लोक क्रोम्छेले तमु प्ये ल्हु संघ यूकेको सामुदायिक तथा क्होइँबो निर्माणार्थ सहयोगार्थ ५ सय ५ पाउन्ड सहयोग गर्ने जानकारी दिए ।

त्यस्तै, गोर्खा कपको निमन्त्रणामा आएका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं रेडियो अन्नपूर्णका कार्यकारी अधिकृत दीपेन्द्रद्रश्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष तथा पत्रकार केशव पाठक तथा उनकी धर्मपत्नी सावित्री पाठकलाई संघ यूके अध्यक्ष मेजर खुसीमान ल्हेंगे एमभिओले तमु प्ये ल्हु संघ यूकेको ३ मुख्य परियोजनालाई उद्धृढ गर्दै सधन्यवादको साथमा गुरुङ चलनचल्ती अनुसार फेटा, फूलको गुच्छा र केही उपहारले सम्मान गरे । सबैजनालाई तमु प्ये ल्हु संघ यूकेका आमा समूहको तर्फदेखि पनि आमा समूहका अध्यक्ष बिष्णु टु क्ल्हेप्री र तमु प्ये ल्हु संघ यूकेका प्रथम महिला मञ्जु टु क्ल्हेप्री साथै अन्य आमाहरुले सामूहिक रुपमा फुलको गुच्छा र पछ्यौराले सम्मान गरेका थिए । संघ अध्यक्ष मेजर खुसीमान ल्हेंगे एमभिओको अध्यक्षतामा संघकै सचिव खेमबहादुर सर्बुजाले संचालन गरेका थिए । बिबिक्युमा सहभागी हुन तमु प्ये ल्हु संघ यूकेले बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!