चौथो वातावरण साहित्य गोष्ठी सम्पन्न

SHARE:

लन्डन । चौथो वातावरण साहित्य गोष्ठी लन्डनमा सम्पन्न भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा बेलायतका १४ वटा नेपाली साहित्य संस्थाहरुका संयुक्त आयोजनामा आइतबार जुन २ तारिखमा साहित्य गोष्ठी भएको हो । कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत तथा वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सुवेदी थिए ।

वातावरण गोष्ठीमा लालीगुराँस फूलको गमलामा प्रमुख अतिथिले जल चढाएर कार्यक्रम आरम्भ भएको थियो । त्यसै लालिगुराँसलाई कार्यक्रमको सभापति मानिने संस्कार पनि बसिसकेको एक आयोजक संस्था साहित्य सङ्गमका अध्यक्ष विनोद अधिकारीले बताए । तीन दर्जन स्रष्टाद्वारा बाचित इको कविताहरुमध्ये सर्वोत्कृष्ट कविता कवियत्री अहिल्या कुँवरलाई सोही लालुगुराँस पूmल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

साहित्यमार्फत बिग्रंदो वातावरणलाई जोगाउन जनचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले बताएको छ । प्रत्येक वर्ष वातावरण दिवसको एउटा नारा हुन्छ । यसवर्षको नारा ‘वायु प्रदूषण’ भनी विश्व वातावरण दिवस आयोजक राष्ट्र चीनले घोषणा गरेको थियो । कार्यक्रममा बाचित प्रायः सबै सिर्जना माथिको नारामा केन्द्रित थिए ।

गोष्ठीमा वासु शर्माको गजलसंग्रह ‘पोखियो मन छताछुल्ल’, प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ र रामप्रसाद घिमिरेको कथासंग्रह ‘खप्परेका कथाहरु’ प्रमुख अतिथि राजदूत डा. सुवेदी साथै कार्यक्रमका प्रमुख संयोजक बिजय हितानद्वारा विमोचन गरियो ।

अर्को वर्ष सन् २०२० को जुन महिनामा यस वातावरण साहित्य गोष्ठीलाई काठमान्डूमा मनाइने योजना रहेको र त्यसले नेपाल भ्रमण वर्षलाई टेवा पुर्‍याउने प्रमुख संयोजक बिजय हितानले बताए ।
कार्यक्रमलाई साहित्य चौतारीका सर्जक दिनेश पौड्यालले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!