सहारा यूकेद्वारा पोखरेली पत्रकारद्वयको स्वागत

SHARE:

एटा संवाददाता
लन्डन । सहारा यूकेले बेलायत भ्रमणमा रहेका पोखरेली पत्रकार नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष केशव पाठक तथा सावित्री पाठक र राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङलाई स्वागत गरेको छ । उनीहरुलाई गत सोमबार २७ मे सोमबार बेलुकी अल्डरसटस्थित एम्पायर हलमा स्वागत गरिएको हो ।

उनीहरुलाई सहारा यूकेका अध्यक्ष कुमार गुरुङले पूmलको गुच्छाले स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा पत्रकारद्वय श्रेष्ठ तथा पाठक र भलिबल खेलाडी गुरुङले फुटबलको विकास सँगसँगै परोपकारी कार्यमा सहारा पोखरा र सहारा यूकेले खेलेको महत्वपूर्ण भूमिका योदगानको प्रशंसा गर्दै स्वागतका लागि धन्यवाद दिए ।

पत्रकारद्वय गत आइतबार २६ मे का दिन सम्पन्न १७ औं गोर्खा कपमा सहभागी हुनका लागि सहारा यूके, तमुधिं यूके र गोर्खा हेरीटेजको निमन्त्रणामा गत शुक्रबार २४ मे का दिन बेलायत आएका हुन् ।

कार्यक्रममा सहारा यूकेका पदाधिकारी, सल्लाहकार र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सहारा यूकेका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ले.रि. कुसाङ्ग गुरुङले स्वागत मन्तब्य दिएका थिए भने सहारा महासचिव धनु थकालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

स्मरण रहोस् सहारा यूके नेपाली समुदाय बेलायतमा फुटबल बिकास सँगसँगै परोपकारी कार्यमा क्रियाशील संस्था हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!