तमुधिं युकेद्वारा गोर्खा कपमा आएका अतिथिहरुको बिदाई

SHARE:

फोटो मिलन तमु

एटा संवाददाता
लण्डन । तमुधिं युकेले १७ औं गोर्खा कपको अवसरमा आएका अतिथिहरुलाई एक कार्यक्रमबीच बिदाई गरेको छ । गोर्खा कपको मुख्य प्रायोजक संस्था आईडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण श्रेष्ठ, शिरोमणी दवाडी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी पूर्व अध्यक्ष केशव पाठक तथा सावित्री पाठकलाई बिदाई गरिएको हो ।

बुधबार ५ जुन बेलुकी फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा आयोजित कार्यक्रममा गोर्खा कप फुटबल प्रतियोगिताका आयोजक संस्था तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले खादा लगाई बिदाई गरे । सो अवसरमा उनले अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै सफल यात्राको शुभकामना दिए । त्यस्तै, पत्रकारद्वय श्रेष्ठ र पाठकले आपूmहरुलाई गोर्खा कपमा निमन्त्रणा गरेकोमा धन्यवाद दिए ।

कोषाध्यक्ष कुमार गुरुङले संचालन गरेको सो कार्यक्रममा तमुधिं युके भूतपूर्व अध्यक्ष मुछेत्र गुरुङ, सहारा युके अध्यक्ष कुमार गुरुङ तथा मिना गुरुङ, तमुधिं युके वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, गोर्खा कप संयोजक क्याप्टेन पिताम्बर गुरुङ, सहकोषाध्यक्ष कमल गुरुङ, सदस्य टंक मार्टिन गुरुङ, सदस्य कोल गुरुङ, शान्त गुरुङ लगायतको बिशेष उपस्थिति रहेको थियो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!