पोखरेली पत्रकारद्वय श्रेष्ठ र पाठक नेपाल फर्के

SHARE:

एटा संवाददाता ।
लण्डन । बेलायत भ्रमणमा रहेको पत्रकार दीपेन्द्र श्रेष्ठ, केशव पाठक तथा सावित्री पाठक दुईहप्ते भ्रमण पश्चात शुक्रबार ७ जुन बेलुकी नेपाल पर्केका छन् । उनीहरुलाई बिदाई गर्न तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, सदस्य कोल गुरुङ, सदस्य टंक मार्टिङ्ग, सदस्य तथा फोटो पत्रकार मिलन तमु हिथो विमानस्थल पुगेका थिए । त्यस्तै, सहारा युके निवर्तमान अध्यक्ष मिन (साईला) गुरुङ, महासचिव धनु थकाली, कोषाध्यक्ष शारदा गुरुङ, सल्लाहकार रामचन्द्र गुरुङ तथा उमा गुरुङ, गोर्खा हेरिहेजका राम गुरुङ लगायत  विमान स्थल पुगी उनीहरुलाई बिदाई गरेका थिए ।
तमुधिं युकेद्वारा आयोजित गोर्खा कप फुटबल प्रतियोगिताको अवसरमा बेलायत आएका पत्रकार श्रेष्ठ र पाठकले बेलायतमा विभिन्न स्थानको भ्रमण गरे । उनीहरु तमुधिं युके, सहारा युके र गोर्खा हेरिटेज ट्रष्टको निम्तामा आएका थिए ।
पोखराका श्रोताहरुको ढुकढुकी रेडियो अन्नपूर्ण ९३.४ मेघाहर्जका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ र खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठक तथा उनकी धर्मपत्नी सावित्री पाठकसंग बेलायतमा रहेका धेरैजसो पोखरेलीहरुले भेटघाट गरेका थिए । साथै, सो भ्रमणको क्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठले अल्डरसट र तमु समाज युके लण्डनमा एकदिने ‘भाषक कला तथा नेतृत्व बिकास तालिम’ को समेत प्रशिक्षण दिए ।
पत्रकारद्वयले विमानस्थल बिदाईको क्रममा आपूmहरुलाई बेलायतमा गरेको स्वागत, सम्मान र अवलोकनका लागि विभिन्न व्यक्ति र संघसंस्थालाई हृदयदेखिनै धन्यवाद दिए । बेलायतमा उनीहरुलाई तमुधिं युके, सहारा युके, गोर्खा हेरिटेज ट्रष्ट, तमु प्ये ल्हु संघ युके, पोखरेली मञ्च युके, रामबजार सोसाईटी युके लगायत विभिन्न संघसंस्थाहरुले स्वागत तथा सम्मानका साथै विभिन्न सहरको भ्रमण समेत गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!