अल्डरसटको ‘भिक्टोरिया डे’ मा नेपाली कला र संस्कृति प्रर्दंशन

SHARE:

एटा सम्बाददाता
लण्डन । बेलायतको अल्डरसटमा सम्पन्न ‘भिक्टोरिया डे’ मा नेपाली कला र संस्कृति प्रर्दंशन भएको छ  । गत शनिबार ८ जुनका दिन आयोजित  भिक्टोरिया डेमा गे्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) लगायत विभिन्न संघसंस्थाहरुले भाग लिएका थिए । करीब ६००० जनाको सहभागिता रहेको सो परेडमा जीआरएनसी, नव युवा, प्रथम नौमति बाजा गुल्मी युके, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, साई सेन्टर फार्नबोरो, लमजुङ समाज युके, तमु धिं रस्मोर सर्रे ईकाई, किरात राई यायोक्खा रस्मोर शाखा, मगर संघ युके युएचएसबी शाखा, सुनुवार समाज सेवा युके,  सहारा युके, किरात याक्थुङ चुम्लुङ रस्मोर शाखा, गोर्खा आमा समूह (एम्पायर), मद्दत समूह, गोरखा आमा समूह अल्डरसट, गेसो रस्मोर शाखा लगायत व्यक्ति, समाजसेवी, संघसंस्था, उद्यमी र व्यापारीहरुको सहभागीता रहेको थियो ।
अल्डरसट र फार्नबोरो सहरबाट आएको विभिन्न व्यक्ति र संघसंस्थाहरुले भाग लिएको कार्यक्रममा नेपालीहरुको आ–आफ्नो  भेषभूषा, तुल र व्यानारका साथ भाग लिएका थिए । स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय काउन्सिल, फायर ब्रिगेड, पुराना सवारी साधनहरु, घोडा, बाजा, एम्बुलेन्स लगायत स्थानीय काउसिन्सलका विभिन्न सेवा निकायको समेत सहभागिता रहेको थियो । अल्डरसटको प्रिन्सेस हलबाट शुरु भएको परेड अल्डरसट बजारको परिक्रमा गरी ४० मिनेट पश्चात पुनः प्रिन्सेस हलमा पुगेर सम्पन्न भएको थियो ।
ब्रिटिश आर्मीको होम टाउनको रुपमा परिचित अल्डरसटमा प्रत्येक बर्ष जुन महिनामा ‘भिक्टोरिया डे’ मनाउदै आएको छ । स्थानीय रस्मोरवासीहरु बेलायती महारानीप्रति अत्यन्त श्रद्धा, सम्मान र आदार गर्ने भएकोले पनि बेलायती महारानीको जन्मोत्सवको रुपमा मनाउदै आएको बुझिएको ग्रेटर रस्मोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासे बताउँछन् । उनले, ‘पहिला प्रत्येक दुई बर्षमा एकपटक मनाउने चलन थियो, जब नेपालीहरुले पनि भाग लिन थाले त्यसपछि प्रत्येक बर्ष मनाउन थालिएको हो’ भने । र, यसले स्थानीय समुदायसंग इन्टीग्रेशनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष बेल्वासेले बताए ।
उक्त दिनलाई स्थानीय संघसंस्थाहरुबीच भेटघाट गर्ने थलोको रुपमा लिइन्छ । त्यस्तै, स्थानीय व्यापार प्रवद्र्धनको अवसरको रुपमा समेत लिदै आएको धेरैको विश्वास छ ।
स्मरण रहोस्, बेलायती महारानी भिक्टोरियाले बेलायतमा ६३ बर्ष २१६ दिनसम्म लगातार शासन गरेकी थिईन् । उनको कार्यकालमा बेलायतको विकास निर्माणले द्रुत गति लिएको थियो । उनकै शासनकालमा बेलायतको उद्योगधन्दा, रेलमार्ग, बाटो, पुल, विज्ञान लगायतको क्षेत्रमा व्यापक रुपमा विकास भएको इतिहास छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!