इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ लगाइएको घोषणा गर्दै बन्दरगाह नजिक पुग्ने कुनै पनि इरानी युद्धक जहाजलाई अमेरिकी सेनाले नष्ट गर्ने बताएका छन् । “सावधान! यदि यी (इरानी) जहाजहरू हाम्रो नाकाबन्दी घोषित क्षेत्रको नजिक पुगे भने तुरून्तै आक्रमण हुनेछ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल नेटवर्क’मा लेखेका छन् […]
धनबहादुर राई बने इलाम समाज बेलायतको अध्यक्ष

लन्डन । इलाम समाज बेलायतकम नयाँ कार्यसमिति चयन गरिएको छ । अप्रिल ११ मा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न समाजको सातौं अधिवेशनले धनबहादुर राईको नेतृत्वमा आगामी तीन वर्षका नयाँ कार्यसमिति चगन गरेको हो । धनबहादुर राई यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिए । नवगठित कार्यसमिति उपाध्यक्षमा कृष्णवीर तामाङ र मेजर नवल किरण याक्खा, महिला उपाध्यक्ष मिना गुरुङ, महासचिव […]
नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्षमा झलक थापा मगर निर्वाचित [नामावली]

काठमाडौं । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्षमा झलक थापा मगर निर्वाचित भएका छन् । समितिको काठमाडौंमा आयोजित पाँचौ अधिवेशनबाट थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति अध्यक्ष झलक थापा मगर, दुई वरिष्ठ उपाध्यक्षमा कृष्ण आले मगर, इन्द्र झेडी मगर, तीन उपाध्यक्षमा नारायण रोका मगर, दिपक थापा मगर, तुलबहादुर थापा […]
मोना इन्भेस्टमेन्ट फोरमको संयोजकमा योगेन क्षेत्री चयन [यस्ता छन् ११ निर्णय]

लन्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को मोना इन्भेस्टमेन्ट फोरमको संयोजकमा योगेन क्षेत्री चुनिएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समिति २०२६–२०२८ कार्यकालको दोस्रो बैठकले एनआरनए यूकेका पूर्वअध्यक्षसमेत रहेका क्षेत्रीलाई फोरमको संयोजकमा चयन गर्ने निर्णय गरेको हो । उनी मोनाको पूर्वअध्यक्ष र संरक्षकसमेत हुन् । ‘आर्थिक सुदृढीकरण तथा लगानी विस्तारका लागि […]
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया

काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको छ । गत दुई सातादेखि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको चिकित्सकको परामर्शमा शल्यक्रिया गरिएको हो । अध्यक्ष ओलीको सचिवालयले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
केन्द्रीय सदस्य र महिला प्रतिनिधि सिफारिस गर्न मोना यूकेलाई मोना अन्तर्राष्ट्रिय समितिको पत्र

लन्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तराष्ट्रिय कार्यकारी समितिले केन्द्रीय सदस्य र महिला प्रतिनिधि सिफारिस गर्न पत्र पठाएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको ०५ अप्रिल २०२६ का दिन बसेको दोस्रो बैठकले संघको २०२६–२८ कार्यकालको लागि प्रत्येक राष्ट्रिय कार्यकारी समितिलाई १ जना केन्द्रीय सदस्य र १ जना महिला प्रतिनिधि सिफारिस गर्न पत्राचार गर्ने निर्णय गरेअनुसार […]
बेलायतमा अप्रिल १८ मा १७ औं यलम्बरहाङ कप हुने, पुरस्कार राशि बढ्यो

लन्डन १३ अप्रिल २०२६ । बेलायतमा यही अप्रिल १८ मा १७ औं यलम्बरहाङ कप-२०२६ फुटबल प्रतियोगिता हुने भएको छ । किरात याक्थुङ चुम्लुङ यूके केन्द्रीय समितिको आयोजनामा यलम्बरहाङ कप ९-ए साईड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता मेडिस्टोनस्थित केवाईसी यूके चुम्लुङदेनमा बिहान ९ देखि बेलुकी ७ बजेसम्म हुनेछ । खेलमा मेन टीम, भेट्रान टीम, […]
बेलायतमा नेपाली समाज वेल्टशायरको नयाँ वर्ष कार्यक्रम सम्पन्न, गायिका निर्जला गुरुङको धमाका

जयराम तामाङ सुईन्डन (यूके) । बेलायतको सुईन्डनमा नेपाली नयाँ वर्ष २०८३ को कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यही अप्रिल ११ तारिख शनिबार सुईन्डनस्थित पञ्जावी हलम नेपाली समाज वेल्टशायरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । मन्त्री हैडी, कार्यवाहक राजदूत दुवाडी र नेपाली समाज वेल्टशायरका अध्यक्ष रन्जन मल्लले दीप प्रज्वलन गरेर कार्यक्रम प्रारम्भ गरेका […]
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति : काठमाडौंमा घर,विभिन्न जिल्लामा २८ रोपनी दुई कट्ठा जग्गा, २२ तोला सुन

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालका बुबा सूर्यभक्त खनालको नाममा काठमाडौँमा पाँच आनाको घर छ । बुबाकै नाममा तनहुँ, नवपुर र नेपालगन्जमा २८ रोपनी दुई कट्ठा जग्गा छ । त्यसैगरी १३ लाख रुपैयाँ […]
नेपालका गृहमन्त्री सुधन गुरुङको सम्पत्ति : धनकुटा, चितवन र गोरखामा जग्गा, ८९ तोला सुन र सेयरमा लगानी

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । गृहमन्त्री सुधन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो जग्गा लगानीबाट जोडेको उल्लेख गरेका छन् । उनका पिता दिलबहादुरको नाममा चितवनको भरतपुर १८ […]
नेपालका अर्थमन्त्री डा स्वर्णिम वाग्लेको सम्पत्ति : चारवटा घर र अपार्टमेन्ट, ४५ तोला सुन

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति विवरणमा चारवटा घर र अपार्टमेन्ट रहेको उल्लेख गरेका छन् । उनको सम्पत्ति विवरणमा विदेशको जागिर सम्पत्तिको मुख्य स्रोत रहेको देखाएका छन् । बैंकमा एक करोड […]
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको सम्पत्ति : १ सय ९० तोला सुन, धनुषा र महोत्तरीमा घरजग्गा

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ । काठमाडौँ धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ । सामाजिक सञ्जालबाट […]