लन्डन १३ अप्रिल २०२६ । बेलायतमा यही अप्रिल १८ मा १७ औं यलम्बरहाङ कप-२०२६ फुटबल प्रतियोगिता हुने भएको छ ।
किरात याक्थुङ चुम्लुङ यूके केन्द्रीय समितिको आयोजनामा यलम्बरहाङ कप ९-ए साईड फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता मेडिस्टोनस्थित केवाईसी यूके चुम्लुङदेनमा बिहान ९ देखि बेलुकी ७ बजेसम्म हुनेछ ।
खेलमा मेन टीम, भेट्रान टीम, सिनियर भेट्रान र लेडिज टिम विधामा प्रतिस्पर्धा हुने खेल संयोजक तथा केवाईसी यूकेका उपाध्यक्ष राजेन लाबुङले जानकारी दिएका छन् ।
विभिन्न क्याटगोरीका विजेता र रनरअपले ट्रफीसहित नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । यस पटक पुरस्कार राशी वृद्धि भएको छ । मेन टीमका विजेताले १ हजार ६ सय पाउन्ड र ट्रफी पाउनेछन् । गत वर्ष विजेतालाई १ हजार पाउन्ड थियो ।
यस्तै रनरअपले ८ सय पाउन्ड र ट्रफी पाउने छन् । गत वर्ष ५ सय पाउन्ड थियो ।
भेट्रान र सिनियर भेट्रान टिमका विजेता, उपविजेताले क्रमश: ८/८ र ४/४ सय पाउन्ड र ट्रफी पुरस्कार पाउनेछन् । गत वर्ष उक्त विधाका विजेता र उपविजेताले ६/६ सय र ३/३ सय पाउन्ड पुरस्कार हात पारेका थिए ।
यस्तै महिला टीमका विजेताले ३ सय र उपविजेताले २ सय पाउन्डसहित ट्रफी पुरस्कार पाउनेछन् ।
मेन र भेट्रान टीम दर्ताका लागि ३०० पाउन्ड तथा सिनियर भेट्रान टीम दर्ता शुल्क २ सय पाउन्ड र महिलाका लागि टिम दर्ता शुल्क १५० रहेको छ ।
टीम दर्ता अप्रिल १५ सम्म पाइनेछ । १६ अप्रिलमा टीम ड्र गरिने खेल सहसंयोजक तथा केवाईसीकी उपाध्यक्ष सानु सुब्बाले जानकारी दिएकी छन् । टिम दर्ताका लागि अल्डरसटस्थित ओजोन रेस्टुरेन्टमा तोकिएको छ ।
थप जानकारीका लागि संयोजक,सहसंयोजकको अलावा अध्यक्ष कमला लिम्बु, कोषाध्यक्ष खगेन्द्र लावतीलाई समेत सम्पर्क गर्न सकिने जनाइएको छ ।







