इस्टलेग गोर्खा नेप्लिज एसोसिएसनको आयोजनामा १६ मेमा गोर्खा संग्रहालय र सर हेरोल्ड हिलियर गार्डेन भ्रमण

SHARE:

लन्डन १ अप्रिल २०२६ । बेलायतमा इस्टलेग गोर्खा नेप्लिज एसोसिएसनको आयोजनामा १६ मे २०२६ मा गोर्खा संग्रहालय र सर हेरोल्ड हिलियर गार्डेन भ्रमण हुने भएको छ ।

एसोसिएसनले वार्षिक भ्रमण गराउँदै आएकोमा यस वर्ष मे १६ शनिबारलाई तय गरिएको इस्टलेग गोर्खा नेप्लिज एसोसिएसनका अध्यक्ष कमलबहादुर पुर्जाले जानकारी दिए ।अध्यक्ष पुर्जाले सम्भव भएमा आफ्नो परिवार र साथीहरूलाई भ्रमणमा समेट्न सकिएमा भ्रमण विशेष हुने आश व्यक्त गरेका छन् ।

यो वर्ष चौतारा र नेपाली बगैंचाको २९ औं वार्षिकोत्सव पनि मनाउने भएकोले विशेषगरी महत्त्वपूर्ण रहने उनको भनाइ छ । प्रायद्वीपीय ब्यारेक, रोम्से रोड, विन्चेस्टर, ह्याम्पशायरस्थित गोर्खा संग्रहालय भ्रमण बिहान ९ देखि ११ बजेसम्म र जर्मिन्स लेन, एम्पफिल्ड, रोम्से, ह्याम्पशायरमा अवस्थित सर हेरोल्ड हिलियर गार्डेन भ्रमण
बिहान ११:३० बजेदेखि हुने अध्यक्ष पुर्जाले सूचनामार्फत जानकारी गराएका छन् ।

भ्रमणमा नेपाली परम्परागत गाउँले ब्यान्डको प्रस्तुति दिनेछ । साथै, नेपाली कलाकार र एक सांस्कृतिक नृत्य टोलीले दिनभरि मनोरञ्जन प्रदान गर्नेछ । कार्यक्रम समापन गार्डेन्समा पिकनिकसँगै हुनेछ। खाना किनेर खान पाइने भए पनि आफैले खानेकुरा र पेय पदार्थ ल्याउन अनुरोध गरिएको छ । साथै अरूसँग बाँड्न मिल्ने केही अतिरिक्त सामग्री र घाँसमा बस्नका लागि म्याट वा आरामदायी सामग्री पनि साथमा ल्याउन आयोजकले आग्रह गरेको छ ।

भ्रमणमा जान यातायातको व्यवस्था आफै मिलाउन अनुरोध गर्दै टोलीमा कति जान हुने भन्ने जानकारी पहिल्यै गर्नुपर्ने अध्यक्ष पुर्जाले बताए । भ्रमण टोलीलाई गोरखा म्युजियम र हिलियर गार्डेन्समा प्रवेश निःशुल्क हुनेछ। तर, कृतज्ञताको रूपमा प्रतिव्यक्ति ६ पाउन्ड स्वेच्छिक योगदान गर्न अनुरोध गरिने भएको छ । गोरखा म्युजियम २ पाउन्ड, हिलियर गार्डेन्स २ पाउन्ड र कार्यक्रम खर्च (नेपाली टिभी कभरेज, ब्यान्ड, कलाकार/मनोरञ्जन,जलपान आदि)का लागि २ पाउन्ड उठाइनेछ ।

आफ्ना सदस्यहरूबाट रकम संकलन गरी कार्यक्रममा अध्यक्ष पुर्जालाई बुझाउन समूह प्रमुखहरूलाई आग्रह गरिएको छ । तर, समूहमा कम सदस्य रहेका वा व्यक्तिगत रुपमा सोही दिन प्रत्यक्ष भेटेर दिन सकिने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!