लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

खोटाङ, ४ फागुनः रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गर्नुभएको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित हुनुभएको छ । उहाँको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ । उहाँ आफ्नो वास्तविक नाम (भोजबहादुर)ले भन्दा पनि लाफा दाइ भनेर चिनिने गर्नुभएको छ । लाफा भनेको मगर […]
अक्षत अन्टार्कटिका : पर्याकेन्द्रित दृष्टिकोणबाट लेखिएको नियात्रासंग्रह

अन्टार्कटिका दक्षिणी ध्रुवमा अवस्थित हिउँनै हिउँले ढाकिएको सातौं महादेश हो । त्यसको भ्रमण गरेपश्चात् जिवा लामिछानेद्वारा कोरिएको हृदयस्पर्शी यात्रा संस्मरण हो, अक्षत अन्टार्कटिका । अन्टार्कटिका पृथ्वीकै अत्यन्त संवेदनशील र अप्रभावित भूभाग हो । त्यहाँ पुग्नु आफैंमा साहस हो भने त्यसको यात्रानुभूतिलाई शब्दमा कैद गरेर पुस्तकको रुप दिनु आफैंमा एक चुनौती पनि हो । मेरो विचारमा […]
राजनीतिमा हितबहादुर तामाङको ४६ वर्ष : नुवाकोट–१ मा बलियो उपस्थिति [यस्तो छ जीवनी]

साढे ४ दशकभन्दा बढी समयदेखि वामपन्थी राजनीतिमा सक्रिय नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङ नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार हुनुहुन्छ । बीसभन्दा बढी घटक एकीकृत भएर बनेको नेकपाबाट सर्वसम्मत सिफारिस हुनु सामान्य राजनीतिक घटना होइन। यो निर्णय नुवाकोटको जनभावना, विगतको राजनीतिक अनुभव र भविष्यको आवश्यकतासँग गहिरो रूपमा जोडिएको छ । […]
चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने

बेइजिङ १६ फेब्रुअरी २०२६ । चीनले क्यानडा र बेलायतका साधारण राहधानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागु गर्ने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता आइतबार भने, “सीमापारबाट चीनको यात्रालाई थप सहज बनाउन चीनले सन् २०२६ फेब्रुअरी १७ देखि क्यानडा र बेलायतका साधारण राहदानी धारकहरूलाई भिसा–मुक्त नीति विस्तार गर्ने निर्णय गरेको छ।” प्रवक्ताका अनुसार […]
कांग्रेस उम्मेदवार पार्टीभित्रै पनि चुनाव हार्ने मान्छे हुन्, नुवाकोटमा जित्न सक्दैनन् : तामाङ

काठमाडौं १५ फेब्रुअरी २०२६ । नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार पार्टीभित्रै पनि चुनाव हार्ने मान्छे भएकाले उनले जित्नै नसक्ने दाबी गरेका छन् । नुवाकोट-काठमाडौं सम्पर्क मञ्चका बैठकलाई आइतबार सम्बोधन गर्दै पूर्वमन्त्री तामाङले कांग्रेस उम्मेदवार प्रकाशशरण महत जीवनभर नै चुनाव जित्न […]
तमु धीं यूकेद्वारा पोखरा म्याराथनको प्रथम पुरस्कार लागि ४ लाख १५ हजार प्रदान

लन्डन १५ फेब्रुअरी २०२६ । तमु धीं यूकेले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रथम पुरस्कार लागि ४ लाख १५ हजार प्रदान गरेको छ । पहिलो पुरस्कारका लागि ४ लाख १५ हजार रुपैयाँ तमु धीं यूकेका उपाध्यक्ष गुरुङ र महासचिव डा विशाल गुरुङले आयोजक भूतपूर्व खेलाडी मञ्चलाई शनिबार चेक हस्तान्तरण गरेको तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले […]
ग्रेटर रसमोर नेपाली कम्युनिटीद्वारा अन्तर्राष्ट्रिय महिला दिवस र नयाँ वर्ष मनाउने निर्णय

बेलायत। ग्रेटर रसमोर नेपाली कम्युनिटी (GRNC) युकेले आगामी ७ मार्च २०२६ शनिबारका दिन “अन्तर्राष्ट्रिय महिला दिवस २०२६” भव्य रूपमा मनाउने निर्णय गरेको छ। गत ७ फेब्रुअरी २०२६ मा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गर्नुका साथै आगामी १२ अप्रिलमा “नेपाली नयाँ वर्ष” समेत मनाउने तय गरेको छ। जिम्मेवारी बाँडफाँट: महिला दिवस कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाकी उपाध्यक्ष […]
मगर संघ युकेद्वारा ४४औँ मगर दिवसको भव्य तयारी

बेलायत । मगर संघ युकेले आगामी शनिबार, २१ फेब्रुअरी २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा ४४औँ मगर दिवस विशेष समारोहका साथ मनाउने भएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु श्रीस मगरले जानकारी दिएका छन्। कार्यक्रमका मुख्य आकर्षणहरूमा मगर संघ युकेका विभिन्न १२ वटा शाखा संगठन र ६ वटा […]
नीताकुमारी थापा मगरले जितिन् ‘द भ्वाइस अफ नेपाल’ सिजन-७ को उपाधि

काठमाडौं १४ फेब्रुअरी २०२६ । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन-७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् । ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी उनले उपाधि उचालिन् । कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम […]
डा. सुमाया राईको नयाँ कृति ‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ विमोचित

काठमाडौँ १४ फेब्रुअरी २०२६ । मनोविद डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सार्वजनिक गरिएको छ । प्रा.डा. गोविन्दराज भट्टराई, पूर्वसांसद प्रमिला राई, अधिकारकर्मी बमकुमारी बुढा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वउपाध्यक्ष जितपाल किरात, किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष युवराज राई र लेखक राईले शनिबार संघीय राजधानी काठमाडौंमा आयोजित समारोहमा उक्त […]
नेफिनले नेपाल सरकार र दूतावासको ध्यानाकर्षणका लागि ज्ञापन पत्र र अनुरोध पत्र बुझाए

लन्डन १३ फेब्रुअरी २०२६ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले नेपाल सरकार र दूतावासको ध्यानाकर्षणका लागि नेपाली दूतावासमा ज्ञापन पत्र र अनुरोध पत्र बुझाएको महासचिव फ्रम दुराले जानकारी दिएका छन् । उक्त मागपत्रहरुमा समावेशिता, संवैधानिक अधिकार तथा विदेशस्थित नेपाली समुदायसम्बन्धी ध्यानाकर्षण र बेलायतस्थित नेपाली समुदाय सम्बन्धी विषयहरूमा सहकार्य तथा पहलका लागि अनुरोध भन्ने बिषयहरुमा […]
हार्दिक बधाई: मित्र गुरुङ