रवि लामिछाने रास्वपा सभापतिमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भइरहेको छ । बुधबार बिहान ८ […]

‘भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीताकुमारी थापा मगर बेलायत आउने पक्का

लन्डन । ‘भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीताकुमारी थापा मगर बेलायत आउने पक्का भएको छ । मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’मा प्रस्तुति दिन नीता बेलायत आउने निश्चित भएको अध्यक्ष लालबहादुर पुन (लालु)ले जानकारी दिएका छन् । अध्यक्ष पुनले नीतालाई बेलायत आउन भिसा लागिसकेको प्रस्ट पारे । म्युजिक फर युनिटी सन्देशसहित ‘नेपाली ओपन […]

मगर युथ एसोसिएसन यूकेद्वारा गायक दिपक थापा मगरलाई ६ लाख ३८ हजार सहयोग हस्तान्तरण

काठमाडौं । मगर युथ एसोसिएसन यूकेले गायक तथा संगीतकार दिपक थापा मगरको स्वास्थ उपचारका लागि ६ लाख ३८ हजारभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ। कलंकीस्थित खाडादेवी फुडल्यान्डमा शनिबार एक कार्यक्रमबीच नेपाल मगर संघका अध्यक्ष रक्षबहादुर रैकामगर लगायतले ३२१५ पाउन्ड अर्थात् ६ लाख ३८ हजार १७७ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । मगर संघ यूकेको […]

तमु धिं स्याङ्जाको वार्षिकोत्सव सम्पन्न, मे.लक्ष्मीप्रसाद/हुमकुमारी गुरुङद्वारा अक्षयकोष स्थापना

स्याङ्जा । तमु जातिको अग्रणी सामाजिक सामुदायिक संस्था तमु धिं नेपालको स्याङ्जा जिल्ला समितिको प्रथम वार्षिकोत्सव सोमबार पुतलीबजार नगरपालिका वडा ३ मजुवास्थित तमु (गुरुङ) समाजमा भव्यताको साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य पूर्वमन्त्री पन्चराम गुरुङले तमुहरू बिच एकता, सक्रियता, सचेतता बिना अग्र गतिमा लाग्न नसक्ने बताए । तमुहरू […]

साउथ वेस्ट नेपाली समाज यूकेको अध्यक्षमा पुन: किसान जीसी चयन

लन्डन । साउथ वेस्ट नेपाली समाज यूकेको अध्यक्षमा पुन: किसान जीसी चयन भएका छन् । २२ जुन २०२६ मा सम्पन्न समाजको तेस्रो अधिवेशनले जीसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र खड्का, खुला तीन उपाध्यक्षमा गङ्गा सापकोटा, राजन घले, मुक्ति खरेल र महिला उपाध्यक्षमा प्रतिमा ओली चुनिएका छन् । महासचिवमा डेभिड […]

पानस बेलायतको वार्षिक भेटघाट कार्यक्रम

बेलायत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध विदेश विभाग संगठन प्रवासी नेपाली एकता समाज (पानस ) बेलायतले आगामी आइतबार २८ जुन २०२६ का दिन वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ । कार्यक्रम माइतीघर रेष्टुरेन्ट अल्डरसटमा हुने पानस बेलायतले जनाएको छ । कार्यक्रममा बारबिक्युलगायत नेपालबाट आएका चर्चित कलाकारहरुले मनोरन्जन दिने संस्थाका महासचिव रमेश शाहीले जानकारी दिएका छन् […]

बेलायतमा एक नेपाली विद्यार्थीले गरे आत्महत्या

बेलायत | महोत्तरी जिल्लाको पिपरा–०७, बनौली घर भई हाल युनिभर्सिटी अफ ईस्ट लन्डनमा ‘बिएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड नेटवर्क’ अध्ययनरत एक प्रतिभाशाली विद्यार्थीलृ १८ जुन २०२६ का दिन आत्महत्या गरेका छन्। मृतकका दाजु आदित्यकुमार ठाकुरले अन्त्येष्टि गर्न तथा मृतकको पार्थिव शरीरलाई नेपाल लैजान आवश्यक खर्च जुटाउनका लागि बेलायती नेपाली समुदायहरुमा सहयोग गर्न अपिल गरेका छन् […]

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं । नेपालका सरकारका पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीको आधारमा पौडेललाई सुर्खेत प्रहरीले सोमबार पक्राउ गरेको हो । पौडेललाई नेपालगन्ज हुँदै काठमाडौं पठाइँदैछ । ् पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुगेका थिए ।

बेलायतमा रामेछापेलीहरूको बृहत् भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

केदार संकेत – बेलायत। बेलायतमा बसोबास गर्ने रामेछाप जिल्लावासीहरूको बृहत् भेटघाट, शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सनिवार २० जून २०२६ का दिन भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रामेछापेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो सत्र सचिव रोशन श्रेष्ठ र दोस्रो सत्र केदार सङ्केतले सञ्चालन गर्नुभएको […]

बेलायती प्रधानमन्त्री किर स्टार्मरले दिए राजीनामा

लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए । “मैले लिएका हरेक निर्णय मैले […]

नेफिन यूकेले गर्‍यो डिनर नाइट २०२६ को समीक्षा, ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव तयारीबारे छलफल

अल्डरसट, बेलायत । नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन यूके)ले १० मे २०२६ मा आयोजित वार्षिक डिनर नाइट कार्यक्रमको समीक्षा तथा आगामी ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ को तयारीबारे छलफल गरेको छ। बैठक द प्यालेस रेस्टुरेन्ट, अल्डरसटमा नेफिन यूकेका अध्यक्ष मेजर योगेश राईको अध्यक्षतामा २१ जुनमा सम्पन्न भएको हो । बैठकमा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, […]

यूके निवासी तारामान गुरुङले गरे ‘शिक्षा शिक्षा शिक्षा’ अभियानमा ५० हजार सहयोग

लन्डन । यूके निवासी तारामान गुरुङले ‘शिक्षा शिक्षा शिक्षा’ अभियानलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । मर्स्याङ्दी-२, मोर्ङि, घनपोखरा गाउँ भई हाल वेलिङ लन्डन, यूके निवासी गुरुङले अभियन्ता युग गुरुङलाई सहयोग रकम प्रदान गरेका हुन् । अभियन्ता गुरुङले तमू समुदायको शिक्षामा साथ दिने तारामानलगायत परिवारको सुस्वास्थ्यको कामना गर्दै हार्दिक आभार व्यक्त गरेका छन् ।

error: Content is protected !!