आमा अझै उही हुनुहुन्छ, बदलिएका त हामी हौँ कि? “खै आमा, आज म पकाएर तपाईंलाई खुवाउँछु”

विक्रम भट्टराई – नेपाल। लामो समय विदेशी भूमिमा बसेका हामीमध्ये सायद धेरैले आफ्नो जीवनमा यो वाक्य एकपटक पनि भनेका हुँदैनौँ। सानो छँदा आमाले हाम्रा हरेक साना–तिना कुराको ख्याल राख्नुहुन्थ्यो—हामीलाई के मन पर्छ, के मन पर्दैन, कति नुन खाने, कुन तरकारीको गुदी मन पर्ने र कुनको बोक्रा फाल्ने, कुन सन्तानले कति खाए अघाउँछ र कसले कति […]
भूपूगोर्खा सैनिकमाथि आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन एनआरएनए यूकेको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतको अल्डरसटस्थित म्युनिसिपल गार्डेन्समा नेपाली समुदायका वयोवृद्ध भूपूगोर्खा सैनिकमाथि आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । अध्यक्ष राजेन्द्र पुडासैनीले बिहीबार विज्ञप्ति जारी गर्दै भूपू गोर्खा सैनिकमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् । ‘विश्वकै इतिहासमा वीर […]
के तपाईंलाई थाहा छ विश्वकप २०२६ बारे १० रोचक तथ्य ?

(१) इतिहासकै सबैभन्दा ठूलो विश्वकप सन् २०२६ को विश्वकपमा पहिलो पटक ३२ को सट्टा ४८ टोली सहभागी छन् । यो ५० प्रतिशत विस्तार विश्वकप इतिहासकै सबैभन्दा ठूलो वृद्धि हो । प्रतियोगितामा ३९ दिनभित्र १०४ खेल हुनेछन्, जसले यसलाई इतिहासकै सबैभन्दा लामो र ठूलो विश्वकप बनाएको छ । अमेरिका, क्यानडा र मेक्सिको गरी तीन राष्ट्रले संयुक्त […]
बेलायतको राजधानी लन्डनमा रेल दुर्घटना हुँदा चालकको मृत्यु, ११ जना गम्भीर घाइते

लन्डन । लन्डनको उत्तरी क्षेत्रमा दुई वटा रेलहरू शनिबार एक आपसमा ठोक्किँर दुर्घटना हुँदा रेल चालकको मृत्यु भएको उल्लेख गर्दै दुर्घटनामा ११ जना गम्भीर घाइते भएको बेलायती प्रहरीले जनाएको छ । इस्ट मिडल्याण्ड्स रेलवे (इएमआर) का अनुसार बेलायतको राजधानी बाट ५६ किलो मिटर उत्तरमा रहेको शहर बेडफोर्ड नजिकै दुर्घटना भएको हो । चालकको घटना स्थलमै […]
हार्दिक बधाई तथा शुभकामना : पूर्ण गुरुङ र जयराम तामाङ
हार्दिक बधाई तथा शुभकामना : महावीर पुन र सुधन गुरुङ
एभरेष्ट टाइम्स संवाददाता जयराम तामाङ एफएनजे यूकेको सल्लाहकारमा चयन

लन्डन । एभरेष्ट टाइम्स संवाददाता जयराम तामाङ नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको सल्लाहकारमा चयन भएका छन् । एफएनजे यूकेको गत १६ जुन २०२६ मा सम्पन्न भर्चुअल बैठकले एभरेष्टकर्मी तामाङसहित ९ जना सल्लाहकार चयन गरेको हो । बैठकले सल्लाहकारमा एभरेष्ट टाइम्सका पूर्वसम्पादक तथा व्यवस्थापक पूर्ण गुरुङ, वरिष्ठ पत्रकार भगीरथ योगी, पूर्वअध्यक्ष चिरन शर्मा, श्याम लुइँटेल, […]
तमु धीं यूके उपाध्यक्ष कमल गुरुङको परिवारबाट गुम्बा निर्माणका लागि १ हजार १ पाउन्ड सहयोग

लन्डन । तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङको परिवारबाट गुम्बा भवन निर्माणका लागि १ हजार १ पाउन्ड सहयोग भएको छ । पुरानो गाउँ कास्की धम्पुस हाल युके रेडिङ निवासी सफल व्यवसायी तथा बुद्धिस्ट गुम्बा रेडिङ युकेका महासचिवसमेत रहेका कमल गुरुङ र श्रीमीत जयन्ती गुरुङ तथा स-परिवारबाट काठमाडौं बुढानिलकण्ठ भंगाल-८ स्थित गुरूङ (तमु) लामा बौद्ध धर्म […]
बेलायतमा आज स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र समर बीबीक्यू, उपस्थित हुन अध्यक्ष रुपा गुरुङको आग्रह

लन्डन । स्याङ्जा समाज यूकेले आज २० जुन शनिबार वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम आयोजना गर्दै छ । समाजको वार्षिक कार्यक्रम अनुसार फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा भेटघाट र समर बीबीक्यू कार्यक्रम हुन लागेको हो । समाजकी अध्यक्ष रुपा गुरुङको अध्यक्षता र लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आलेको प्रमुख आतिथ्यता रहनेछ । यस्तै रिडिङको ब्याटल […]
जिआरएनसी युकेका अध्यक्ष लिला सेलिङ माबोलाई प्रतिष्ठित ‘वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड २०२६ ‘ प्रदान गरिने

बेलायतमा आयोजना हुन गइरहेको प्रतिष्ठित ‘१७औँ वर्ल्ड लीडर्स समिट’ मा नेपाल र बेलायत दुवै देशमा सक्रिय सामाजिक अभियन्ता तथा ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) युकेका अध्यक्ष लिला सेलिङ माबोलाई प्रतिष्ठित ‘वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’ तथा महिला सशक्तीकरण नेतृत्व पुरस्कार २०२६ प्रदान गरिने घोषणा गरिएको छ। आगामी १७ जुलाई २०२६ का दिन बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डमा […]
तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङको परिवारले गरे गुम्बालाई ५० हजार सहयोग

लन्डन । तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र आमा समूहकी पूर्वअध्यक्ष प्रेमा गुरुङ दम्पतीले गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय गुम्बा भवन निर्माणको लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । पुरानो ठेगाना पर्वत चारभञ्ज्याङ हाल यूके निवासी गुरुङका श्रीमान् श्रीमतीले उक्त सहयोग गरेको गुरूङ (तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष शिर […]
बेलायतमा छायांकन गरिएको ‘आकाशैको झिलमिल तारा’ कौराह गीत रिलिज

लन्डन । बेलायतमा छायांकन गरिएको ‘आकाशैको झिलमिल तारा’ कौराह गीत रिलिज भएको छ । निरा थापा मगर र मनसुधन थापा मगरको आवाजमा सजिएको गीत मनसुधन थापामगर र निरा थापा मगरकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतको शब्द/लय मनसुधन थापा मगरले गरेका सिर्जना गरेका हुन् । संगीत संयोजन सागर बिरही, भिडियो निर्देशन/छायांकन कुशल […]