पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना, अवस्था सुधारोन्मुख

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । निमोनियाको लक्षण देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रचण्डको अवस्था सुधार भइरहेको चिकित्सकलाई उद्धृत गर्दै युवा नेता रामप्रसाद सापकोटाले जानकारी दिए । प्रचण्डसँग भेटपछि आइतबार सापकोटाले भने, ‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ, हल्का निमोनिया देखिएपछि […]

मन्त्र ब्याण्डले नेपाली ओपन कन्सर्टको लागि बेलायत आउने प्रवेशाज्ञा (भिसा) प्राप्त

लण्डन। मगर संघ युकेले आगामी २५ जुलाई २०२६ शनिबारका दिन ‘नेपाली ओपन कन्सर्ट २०२६’ (Music for Unity) आयोजना गर्ने भएको छ। यस वर्षको मुख्य आकर्षणका रूपमा नेपालको चर्चित तथा लोकप्रिय ‘मन्त्र ब्याण्ड’ को बेजोड सांगीतिक प्रस्तुति रहने निश्चित भएको छ। कन्सर्टका लागि मन्त्र ब्याण्डले बेलायत आउने प्रवेशाज्ञा (भिसा) प्राप्त गरिसकेको जानकारी मगर संघ युकेका अध्यक्ष […]

दोवा समाज युकेको वार्षिक भेटघाट सम्पन्न

बेलायत। दोवा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम शनिबार ३० मे २०२६ का दिन बेलायतको बर्कशायरस्थित स्यान्डहर्स्ट कम्युनिटी हल (Sandhurst Community Hall) मा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको पहिलो चरण अत्यन्तै व्यवस्थित र औपचारिकताका साथ सुरु भएको थियो। सुरुमा उपस्थित सदस्यहरूलाई सुरक्षासम्बन्धी आवश्यक जानकारी गराइएको थियो। त्यसपछि आसन ग्रहण, दीप प्रज्वलन र नेपालको राष्ट्रिय गानका […]

‘कान्छी’को सफलतासँगै चर्चाको शिखरमा संगीतकर्मी आयुष मगर

काठमाडौँ । नेपाली संगीत क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका केही कलाकारले श्रोतामाझ बलियो उपस्थिति जनाइरहेका छन्। तीमध्ये गायक, गीतकार तथा संगीतकार आयुष मगर पनि अहिले चर्चामा आउने नाम बनेका छन्। मेलोडीप्रधान आधुनिक गीत र सिनेम्याटिक शैलीका म्युजिक भिडियोमार्फत उनले छोटो समयमै दर्शक र श्रोताको ध्यान खिच्न सफल भएका छन्। रुकुममा जन्मिएका आयुषको सांगीतिक यात्रा अमेरिकासम्म […]

बेलायतमा आज नवौं लोकदोहोरी स्वर्णिम साँझ, कुन-कुन छन् कलाकार ?

लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा आज बेलायतमा नवौं लोकदोहोरी स्वर्णिम साँझ हुँदैछ । नेपालबाट आएका ख्याति प्राप्त डेढ दर्जन कलाकारको साथमा अल्डरसटस्थित एम्पायर हलमा स्वर्णिम साँझ हुन लागेको हो । कार्यक्रममा मञ्जु बिक, सम्झना भण्डारी, सपना रोका, रेश्मा तामाङ, कृष्ण सुवेदी, गोविन पुन लगायतले प्रस्तुति राख्ने छन् । […]

पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा क्यान्सरपीडित पन्जासिङ घलेलाई ८ लाख ६० हजार सहयोग

लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेले क्यान्सरपीडित पन्जासिङ घलेलाई ८ लाख ६० हजार सहयोग गरेको छ । शनिबार ३० मे २०२६ मा बिहान पन्जासिङकै निवासमा पञ्चासे हर्पनडाँडा समाज यूकेका प्रतिनिधि रणबहादुर गुरुङले सहयोग रकम उनकी श्रीमती उषा घलेलाई हस्तान्तरण गरेका समाजसेवी सविन गुरुङले जानकारी दिएका छन् । पुरानो ठेगाना मकानपुर, हाल पोखरा महानगरपालिका-२३ कार्कीको तगारो […]

‘खाम्योक’ लिएर आउँदै साहित्यकार जानु काम्बाङ

लन्डन । डायस्पोरिक नेपाली साहित्यलाई नेपालमा स-सम्मान स्थापित गराउन प्रयासरत साहित्यकार एवं गीतकार जानु काम्बाङ लिम्बुको छिट्टै पाँचौं कृति सार्वजनिक हुँदैछ । बेलायत-हङकङ बस्दै आएकी स्रष्टा लिम्बुको ‘खाम्योक’ उपन्यास पाठकको हातमा आइपुग्न लागेको हो । ‘मेरो पाँचौं कृति ‘खाम्योक’ उपन्यास छापाखानामा तयार हुँदैछ । हङकङमै विमोचन गर्ने उद्देश्य छ,’ पुस्तकको कथावस्तुबारे काम्बाङले भनिन्,’उपन्यास डायस्पोरिक नै […]

आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब विनियोजन गरेका हुन् । चालु आर्थिक […]

बजेट प्रभावकारी कार्यान्वयनका लागि गैरआवासीय नेपाली संघको आग्रह

लन्डन । नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटले गैरआवासीय नेपाली (NRN), वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोरालाई लक्षित गर्दै विभिन्न महत्वपूर्ण नीतिगत व्यवस्थाहरू घोषणा गरेको छ। यी व्यवस्थाप्रति गैरआवासीय नेपाली संघ (NRNA) ले स्वागत गर्दै सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। संघका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी वक्तव्यमा संविधानले […]

अनेसास बेलायतका पूर्वध्यक्ष सुमलकुमार गुरुङको ‘कर्मवीर’ उपन्यास लोकार्पण

पोखरा । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बेलायतका पूर्वअध्यक्ष एवं केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङको साझा प्रकाशनद्वारा प्रकाशित युद्ध उपन्यास ‘कर्मवीर’ को आज पोखरामा लोकर्पण गरिएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी एवं तमु सांस्कृतिक प्रतिष्ठान नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तसहित साहित्यकारले कृतिको लोकार्पण गर्नुभयो । कार्यक्रममा सरुभक्तले […]

नेपाली दूतावास लन्डनमा एभरेष्ट डे मनाइयो

लन्डन । नेपाली दूतावास लन्डनमा एभरेष्ट डे मनाइएको छ । बिहीबार २८ मे २०२६ मा “सगरमाथाः नेपालको पहिचान र गौरव” भन्ने नाराका साथ एभरेष्ट डे विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालले हरेक वर्ष मे २९ लाई सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा सगरमाथाको पहिलो सफल आरोहणको […]

लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो : प्रथम राष्ट्रपति डा यादव [अन्तर्वार्ता]

नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२/६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । त्यसपश्चात् २०६५ साउन ६ गते डा रामवरण यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुभयो । गणतन्त्रको घोषणा र राष्ट्रपति संस्थाको स्थापित भएसँगै सङ्घीय प्रणालीको शासन व्यवस्था कार्यान्वयन […]

error: Content is protected !!