सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस विशेष समारोह

काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरे । गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उनले बताए । “यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने […]
बेलायतमा वरिष्ठ संगीतकार दिनेश सुब्बा साँझ

डा. मुलिबीर राई – लन्डन। नेपाली सङ्गीतिक क्षितिजका एक चम्किला नक्षत्र दिनेश सुब्बाको उपस्थितिमा आइतवार ३१ मे २०२६ का दिन वेलायतमा एक विशेष साङ्गीतिक कार्यक्रम ‘दिनेश सुब्बा साँझ’ आयोजना हुने भएको छ। उनले वेलायतमा रहेका नेपाली गीत-सङ्गीतका पारखीहरूका लागि उनले यो विशेष साँझ छुट्याएका हुन्। दार्जीलिङबाट आफ्नो सङ्गीतिक यात्रा सुरु गरी नेपाल फर्किएका र त्यसपछि […]
सम्पर्कविहीन श्रीमान् ज्ञानबहादुर थापामगर खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ । कामका लागि रुस गएका ज्ञानबहादुर सम्पर्कविहीन भएपछि उहाँको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट उतै निधन भएपछि तीन सन्तानसहित आफन्तजनमा बज्रपात परको छ । बर्दियाको बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ४३ वर्षीय ज्ञानबहादुर सुरुमा दुबई जाने […]
संविधान संशोधनका लागि एनआरएनए उपाध्यक्ष तिगेलाले दिए ९ सुझाव

लन्डन । एनआरएनए आईसीसी उपाध्यक्ष विश्वास दीप तिगेलाले नेपालको संविधान संशोधनका लागि ९ वटा सुझाव दिएका छन् । ‘विदेश निर्वाचन क्षेत्र’ घोषणा गर्ने, ब्रिटिस गोर्खाहरुको वंशजको नागरिकताको निरन्तरता, राजनैतिक अधिकार दिनुपर्नेलगायत सुझाव दिएका हुन् । विभिन्न ९ प्रश्नमा मेरो खुल्ला सुझावहरु: प्रश्न १. गैरआवासीय नेपालीहरूको नेपालको लोकतान्त्रिक प्रक्रियामा सहभागिता बढाउन संविधानमा के–कस्ता व्यवस्था आवश्यक छ? […]
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ गतेदेखि काठमाडौंमा

काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले यही जेठ–१७ गतेदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा जेठ १७, १८ र १९ गते चलचित्र महासङ्घले छैटौँ महोत्सवको आयोजना गर्ने भएको हो । काठमाडौँस्थित चलचित्र विकास […]
बेलायतमा सुनको मूल्य निरन्तर ओरालो, आज कति ?

लन्डन । बेलायतमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार बिहीबार सुन तोलाको १३ सय ७० पाउन्ड र चाँदी ३८ पाउन्डमा कारोबार भइरहेको छ । बुधबार २७ मेमा १३ सय ८० मा कारोबार भएको सुन आज तोलामा १० पाउन्ड घटेको हो । २६ मेमा सुन तोला १३ सय ९० मा […]
एनआरएनलाई संविधानतः अधिकार प्रदान गरी प्रभावकारी रूपमा लगानीको वातावरण बनाउनुपर्छ : पूर्वअध्यक्ष केसी

काठमाडौं । परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. बद्री केसीले नेपालको आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनलाई प्रभावकारी बनाउन नीतिगत, संस्थागत तथा संरचनागत सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ। एनआरएनलाई संविधानतः अधिकार प्रदान गरी अझ प्रभावकारी रूपमा लगानीका लागि […]
सांसद मिङमा डेभिड शेर्पाले चढे संसद्को ‘लोगो’ सहित सगरमाथा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण गरेका छन् । उनले बुधबार बिहान ५:४० मा सगरमाथाको आरोहण गर्नुभएको जनाइएको छ । सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए । ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका […]
ल्हों/कुप्चे भाइखलक यूकेको २० जुनमा माइती-चेली भेटघाट, गायिका शर्मिला गुरुङले प्रस्तुति दिने

लन्डन । ल्हों/कुप्चे भाइखलक यूकेले आगामी २० जुनमा माइती-चेली भेटघाट कार्यक्रम आयोजना गर्नेभएको छ । नेपालबाट आएकी चर्चित गायिका शर्मिला गुरुङको प्रस्तुतिसहित कार्यक्रम आयोजना गरिन लागेको हो । कार्यक्रम रेडिङस्थित तमु प्ये ल्हु संघ यूकेको हलमा बिहान ११ देखि साँझ ७ बजेसम्म हुनेछ । कार्यक्रममा गायन, नृत्य र राफल ड्रलगायत आकर्षण रहने आयोजकले जनाएको छ […]
साहित्यकार केदार संकेत र अन्तिम साँझलाई एकै ठाउँमा राखेर हेर्दा

समिक्षा प्रस्तुति – दया कृष्ण राई – बेलायत। केदार संकेत साहित्यका विभिन्न विधामा कलम चलाउछन । उनका अन्य विधाका प्रकाशित कृतिहरूलाई अलिकति पर सारेर भर्खरै प्रकाशित नविनतम कृति अन्तिम साँझ कथा संग्रह तर्फ नै केन्द्रीत रहेर संक्षिप्तमा समीक्षात्मक टिपोट गर्ने जमर्को गरेकोछु । यो नविनतम कृति भर्खरै हातमा परेकोछ । म जुनसुकै पुस्तक पनि आद्दोपान्त […]
“Armed Forces Day celebrations, hosted by Aldershot and Farnborough”

“The Ministry of Defence (MOD) and Rushmoor Borough Council (RBC) have jointly issued a press release for Armed Forces Day on 27 and 28 June 2026. Please find the link below for detailed information.” https://www.rushmoor.gov.uk/armedforcesday
नेपाली राजदूतावास लन्डनमा आगामी जुन २१ मा ध्यान तथा योग शिविर सञ्चालन हुने

लन्डन । बेलायतस्थित नेपाली राजदूतावास लन्डनमा आगामी जुन तेस्रो साता ध्यान तथा योग शिविर सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा राजदूतावास र जीवन विज्ञान यूकेको सहआयोजनामा आइतबार २१ जुनमा शिविर सञ्चालन हुनेभएको हो । शिविर दूतावसमा बिहान १० देखि १२ बजेसम्म हुने छ। शिविरमा यूकेका प्रशिक्षकहरुबाट सिकाइने नेपाली राजदूतावास लन्डनले […]