लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेले क्यान्सरपीडित पन्जासिङ घलेलाई ८ लाख ६० हजार सहयोग गरेको छ ।
शनिबार ३० मे २०२६ मा बिहान पन्जासिङकै निवासमा पञ्चासे हर्पनडाँडा समाज यूकेका प्रतिनिधि रणबहादुर गुरुङले सहयोग रकम उनकी श्रीमती उषा घलेलाई हस्तान्तरण गरेका समाजसेवी सविन गुरुङले जानकारी दिएका छन् ।
पुरानो ठेगाना मकानपुर, हाल पोखरा महानगरपालिका-२३ कार्कीको तगारो निवासी ४२ वर्षीया पन्जासिङ घले विगत १ वर्षदेखि बिरामी अवस्थामा छ्न् ।
पीडित घलेकी श्रीमती उषा घलेले परिवारको तर्फबाट पन्चासे हर्पनडाँडा समाज यूकेलाई धेरै धन्यवाद दिएकी छन् । समाजले नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुदलगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।









