प्रवास तथा अन्तराष्ट्रिय

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

लास भेगास, विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास

मलेसियको पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उहाँलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो । रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उहाँ

इन्डोनेसिया भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित

जाकार्ता, इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको छ । उक्त कारण विस्थापित हुनेको सङ्ख्या

प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटका विषयमा राजनीति गरेको आरोप

लन्डन । ब्रेक्जिटबारे चेकर्स योजनाको विरुद्धमा भएका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको प्रधानमन्त्री टेरिजा मेले आइतबार बताएकी छिन् । बेलायती पत्रिका सण्डे टाइम्सलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले ब्रेक्जिटलाई देखाएर अनावश्यक राजनीति गरेको

झण्डै पौने दुई लाख कुर्दिस सुरक्षाकर्मीले मतदान गर्ने

बग्दाद, उत्तरी इराकको अर्ध स्वायत्त कुर्दिस क्षेत्रमा भएको संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । शुक्रबार भएको मतदानका लागि झण्डै एक लाख ७० हजार कुर्दिस सुरक्षाकर्मी मतदानका लागि योग्य भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक

नौ विद्यार्थीका हत्यारालाई मृत्युदण्ड

सिआन, चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ । स्थानीय अदालतले सो जानकारी दिएको छ । झाओ जेवेइ नाम गरेका ती व्यक्तिलाई

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना

इस्लामाबाद,  पाकिस्तानको सिन्ध प्रान्तको जाम्शोरो जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १० व्यक्ति घाइते भएका छन् । बिहीबार बिहान सबेरै सो दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । सिन्ध प्रान्तको जाम्शोरो जिल्लाको सेहवान सरिफ शहरमा

हवाई कारबाहीमा बाह्रजना अफगान सर्वसाधारण मारिए

काबुल, अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (एनएएमए) ले जारी गरेको

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको पाँचौं भ्रमणको तयारीमा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको पाँचौं भ्रमणको तयारीमा जुटेको भारतीय सञ्चारमाध्यमले खुलासा गरेका छन् । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार मोदी सन् २०१८ को अन्त्यसम्ममा नेपाल भ्रमणका लागि इच्छुक देखिएका हुन् । भ्रमणको मिति

प्रधामन्त्री ओली न्यु योर्कमा

न्यु योर्क । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार न्यु योर्क आइपुगेका छन् । उनका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि छन् । न्यु

लैङ्गिक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न अदालतको आदेश

इस्लामावाद ।  पाकिस्तानको एउटा अदालतले लैङ्गिक अल्पसंख्यकहरूलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको छ । पूर्वी क्षेत्रमा रहेको पञ्जाब प्रान्तको अदालतले प्रदेशभरका सवै सरकारी अस्पतालमा लैङ्िगक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको हो

error: Content is protected !!