लैङ्गिक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न अदालतको आदेश

SHARE:

इस्लामावाद ।  पाकिस्तानको एउटा अदालतले लैङ्गिक अल्पसंख्यकहरूलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको छ ।

पूर्वी क्षेत्रमा रहेको पञ्जाब प्रान्तको अदालतले प्रदेशभरका सवै सरकारी अस्पतालमा लैङ्िगक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको हो । स्थानीय सञ्चार माध्यमहरूले बिहीबार जनाएअनुसार लाहोर उच्च अदालतले प्रान्तीय सरकारलाई त्यसको सुनिश्चतता गर्न निर्देशनात्मक आदेश दिएको छ ।

अदालतको आदेशमा लैङ्गिक अल्पसङ्ख्यकलाई सम्भव भएसम्मको सवैभन्दा राम्रो स्वास्थ्य सेवा दिन पनि भनिएको छ । यसअघि स्वास्थ्य विभागले लैङ्गिक अल्पसंख्यकलाई छुट्टै सेवाको व्यवस्थाका लागि विभिन्न तयारीहरू गरिरहेको जनाएको थियो ।

पुनरावेदन अदालतले पनि यसअघि लैङ्गिक अल्पसङ्ख्यकलाई सार्वजनिक अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएको थियो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!