आइसीसी यू- १९ क्रिकेटमा नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित
काठमाडौं ३१ जनवरी २०२४ । आइसीसी यू-१९ विश्वकपमा नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित भएको छ । नेपालले सुपर सिक्सको पहिलो खेलमा दिएको १७० रनको लक्ष्य बाङ्लादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।