प्रमुख समाचार

बेलायतमा दैनिक ४० हजार कोरोना संक्रमित थपिंदै

लण्डन कात्तिक २५ । बेलायतमा दैनिक झण्डै ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा

भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनको महाविधेशन रोकियो: नारायण कँडेल

काठमाडौं-एनसीसी युकेका उपाध्यक्ष नारायण कँडेलले गैर आवासीय नेपाली संघ (एनआरएन)को दशौं महाधिवेशनरोकिनुमा भ्रष्टाचारजन्य अनैतिकजन्य क्रियाकलापले बढवा पाएको टिप्पणी गरेका छन् । कँडेलले काठमाडौंमा सञ्चारमाध्यम (Prime HD) सँग कुराकानी गर्दै एनआरएनको दशौं महाधिवेशन सार्नुमाएनआरएनभित्र एकखालको भष्टाचारजन्य क्रिायकलापले स्थान पाएको बताएका हुन् । उपाध्यक्ष कँडेलले एनआरएन भित्र आइएलओको विषयमा भ्रष्टाचार भएको छानबिन समितिको प्रतिवेदनलेऔंल्याएको बताए । आइएलोमा भएको अनियमिततामा आइसीसीका महत्वपूर्ण, माथिल्लो तहका पदाधिकारीसहभागी जो चुनाव लड्दै छन् उनीहरु नै सहभागी भएको प्रतिवेदनमा उल्लेख भएको बताए । ‘त्यस विषयमा एनआरएनले गठन गरेको छानबीन समितिले समेत भ्रष्टाचार भएको छ । मिडलइष्टमा गठनगरेको समितिले आफन्तहरुलाई पैसा खुवाइएको प्रतिवेदनले निकालेको छ,’ उनले भने, ‘त्यसलाई परराष्ट्रमन्त्रालयको लेटर देखाएर पन्छाइएको छ ।’ कँडेलले राष्ट्रिय समन्वय परिषदले पठाएका डेलिगेट्सहरुलाई मान्यता नदिनुमा पनि राजनीति घुसेको बताए ।‘युके, युएसए अष्टेलियाका डेलिगेट्सलाई मान्यता नदिएर अधिवेशन स्थगित गरिएको छ । गत अक्टुबरदेखिएनसीसीको माथिल्लो लेवलमा बसेका पदाधिकारीको छानबिन समितिले कमजोरी औंल्याएको छ’, उनले भने, ‘भ्रष्टाचार रोक्न नसकेको आरोप उहाँहरुमा लागेको छ । परराष्टको लेटर देखाएर महाधिवेशन रोकिएको छ ।हामी सुधार गर्ने अभियानमा छौं ।’ एनआरएनका केही पदाधिकारीहरुले राजनीतिक फाइदाका लागि, पदमा बस्नका लागि, निर्वाचित हुनका लागिजे पनि गरेको उनले टिप्पणी गरे । यस्ता खालका क्रियाकलापको आफूहरुले विरोध गर्ने र  बर्खिलाप गर्नुपर्नेमाजोड दिए । महाधिवेशनको एउटा विवाद अहिलेको राष्ट्रिय समन्वय परिषद्बाट डेलिगेट्स चुन्ने कि एनसीसीले पठाएकाडेलिगेट्सहरुलाई मान्यता दिने? भन्ने रहेको बताए । ‘आइसीसीभित्र रहेका एनसीसीले पठाएका डेलिगेट्सलाईमान्यता नदिने परिवर्तन गर्ने, नभएका सदस्य संख्या थपेर, ३ सय भन्दा बढी नक्कली सदस्य बनाएर डेलिगेड्सबनाइएको छ,’ उनले भने, ‘जहाँ उहाँहरु (संस्थापन)को वर्चश्व छैन, त्यहाँ विवाद निकाल्नुहुन्छ । अमेरिका, युके, अष्ट्रेलियामा ५० हजार सदस्य छन् त्यहाँ उहाँहरुले विवाद झिक्नुभएको छ ।’  गैर आवासीय नेपाली संघको उद्देश्य पवित्र थियो तर, आइसीसीले एनसीसीलाई इग्नोर गरेर एनआरएनलाईकब्जा गर्ने उद्देश्य बनाइएकोप्रति दुःख व्यक्त गरे । त्यसकारण राजनीति देखिएको कँडेलले बताए । ‘एउटा पक्षका केही साथीहरु नेपालको राजनीतिबाट बाहिर निस्कन सक्नुभएको छैन । नेतृत्व हत्याउने नाममाएनआरएनमा काम गरेकाहरुलाई पाखा लगाउन खोजिएको छ,’ उनले भने, परराष्ट्र मन्त्रालयले डेलिगेट्स विवादसमाधान गरेर मात्रै महाधिवेशनमा जान भनेको छ । अहिले बहाल रहेका एनसीसीले पठाएको अस्विकार भएकोछ । रसिया, साउदी अरेबिया, नक्कली सदस्य बनाएर पठाइएको छ ।’ संसारभरका एनसीसीको विश्व भेला भेलाले विधिभन्दा बाहिर गएर एनआरएनलाई कब्जा गर्न पाइँदैन भन्नेसन्देश रहेको कँडेलले बताए । एनसीसीले पठाएका प्रतिनिधिलाई मान्यता दिएर छिटोभन्दा छिटो अधिवेशनगरौं भन्ने मान्यता रहेको उनले बताए । एनआरएनमा भएका विकृति नसुधारेसम्म विश्राम नलिने कँडेलले बताए। परराष्ट्र मन्त्रालय सम्बन्धित निकाय भएकाले भनेको मान्नुपर्नेमा जोड दिए । ‘महाधिवेशनमा आफ्ना प्रतिनिधिपठाउन नपाउने र पठाएका पनि सहभागी हुन नपाउने स्थिति आएकाले परराष्ट्र जान वाध्य भएका हौं । राष्ट्रियसमन्वय परिषद्ले पठाएका प्रतिनिधिले भाग लिन पाउनेगरी महाधिवेशन हुनुपर्छ । राष्ट्रिय समन्वय परिषद्लेसुधार्न वाध्य पार्छ’ उनले भने ।

प्रेस विज्ञप्ति: सुनसरीका बाढीपीडितलाई वितरण गरिएको राहतबारे एनसीसी यूकेको धारणा

सुनसरीका बाढीपीडितलाई वितरण गरिएको राहतबारे एनसीसी यूकेको धारणा बारेमा एनआरएनले जारि गरेको प्रेस बिज्ञप्ति जस्ताको तस्तै प्रेस विज्ञप्ति बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कात्तिक पहिलो साता नेपालमा जनधनको ठूलो क्षति भयो ।

गायक राजु लामा र सञ्जिप प्रधान बेलायतमा, शुक्रबार एचके नाइटमा प्रस्तुति गर्ने

तस्विर सौजन्य: क्रिएट एन्ड शेयर लन्डन । बेलायतमा आयोजना हुने एक सांगीतिक कार्यक्रममा प्रस्तुति गर्न गायकद्धय राजु लामा र सञ्जिप प्रधान लन्डन आइपुगेका छन् । आगामी शुक्रबार साँझ अल्डरसटको एम्पायर हलमा हुने एचके नाइट २०२१

हार्दिक समबेदना:श्रीमती: बिद्या खपाङ्गी

हार्दिक समबेदना हाम्रा आदरणीय नेता स्वर्गीय गोरे बहादुर खपाङ्गीज्युका श्रीमती बिद्या खपाङ्गीज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ

काठमाडौं कात्तिक २३ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ गरेका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित १६ जना न्यायाधीशलाई १० वटा इजलास तोक्नुभएको थियो । आफूलाई

कोरोनाको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुले अमेरिका प्रवेश गर्न पाउने

एजेन्सी कात्तिक २२ ।   कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्दैछ । बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो

नेपाली समाज स्विण्डन र पेरिस भाइस काउन्सिलरको साथमा पूर्व मन्त्रीले फूलको बिउ रोपे

जयाराम तामाङ – बेलायत। सुइण्डनको  पश्चिम क्षेत्रमा  पर्ने विस्ट्लि  एरियामा  यहि नोभेम्बर ७ र ८ तारिख शनिबार र आइतबार २ दिन नेपाली एसोसिएसन विल्स्यर र सुइण्डनको पश्चिम क्षेत्रका पेरिस भाइस चेअरमेन तथा पेरिस काउन्सिलर सुरेस

“गोलार्द्धलाई चक्कर मार्दा” नियात्रा भित्रको अनुभव

– चिम्खोले काइँला मेरो जिन्दगीको यात्रा दुःखसुख, मिलनबिछोड, आँसुहाँसो, सपनाविपना र संघर्षहरुका बाटासँग निरन्तर रुपले अगाडि बढिरहेको तथा बगिरहेको छ । विदेशी भूमिमा कर्म गरेर परिवार पाल्नुपर्ने मुख्य जिम्मेवारी त छँदै छ । कर्म गरेर

सम्माननीय प्रधानमन्त्रीज्यूसंग शिस्टाचार भेटघाट तथा परिचयात्मक कार्यक्रम

हरि राम्जाली काठमान्डौ | आज मिती ७ नोभेम्बर २०२१ का दिन म्याग्दी प्रबासी नेपाली संघ,अन्तर्राष्ट्रिय कार्यकारी समितिका नबनिर्बाचित पदाधिकारीहरुले  सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउबाज्यूसंग शिस्टाचार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । सो

एनआरएनए यूकेका उपाध्यक्ष खड्काद्वारा मानवसेवा आश्रमलाई १ लाख १ हजार सहयोग

लन्डन नोभेम्बर ७ । एनआरएनए यूकेका उपाध्यक्ष खड्काले मानवसेवा आश्रमलाई १ लाख १ हजार सहयोग गरेका छन् । सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनद्वारा सञ्चालित आश्रमलाई तिहारको अवसरमा उक्त सहयोग गरेको उपाध्यक्ष खड्काले जानकारी दिए ।

सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

सल्यान कात्तिक २१ । सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आइतवार बिहान पौने ११ बजेतिर दुर्घटना

error: Content is protected !!