मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

SHARE:

काठमाडौं माघ १८ ।

मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो। नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो। त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गरेका थिए।

खेलमा चार जना खेलाडीले रातो कार्ड पाएका थिए। ७१औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोटलरले रातो कार्ड पाए भने ८०औं मिनेटमा मरिससका इमानुएल फलचन्दले रातोकार्ड पाए।

त्यस्तै खेलाडीबीच हात हालाहाल भएपछि रेफ्री नवीन्द्र महर्जनले तीन खेलाडीलाई रातो कार्ड दिएका थिए। रातो कार्डका कारण दोस्रो हाफ केहीबेर तनावपूर्ण बनेको थियो। नेपालले पहिलो मैत्रीपूर्ण खेल पनि जितेको थियो। विमल घर्तिमगरको गोलमा नेपालले पहिलो खेल जितेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!