लण्डन माघ २१ ।

भूतपूर्व गोरखा सैनिकहरुका विभिन्न समस्याहरुका बारेमा बेलायत सरकारसित हुने वार्तामा नेतृत्व गर्न बेलायतका लागि नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई कार्यभार दिइएको छ ।
परराष्ट्र मन्त्री डा. नारायण खड्काले आचार्यलाई सो निर्देशन दिएका हुन् । बेलायतसित वार्ताका लागि राजदुत आचार्यको संयोजकत्वमा परराष्ट्र, रक्षा र लन्डनस्थित नेपाली दूतावासका अधिकारी सम्मिलित वार्ता समिति बनाउने मन्त्रालयले तयारी गरिरहेको पनि उनले बताएका छन् ।
गतसाता मात्र नियुक्त भएका राजदुत आचार्यले बेलायतमा कार्यभार सम्हाल्न अघि नेपालमा विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुसित भेटघाट गरिरहेका छन् ।






