हार्दिक बधाई तथा शुभकामना
नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिका संयोजक, उपसंयोजक, सदस्यसचिव, सहसचिव, आर्थिक संयोजक र सदस्य जस्तो गरिमामय पदमा क्रमश: श्री पासाङ शेर्पाज्यु (युएइ), श्री हेम गुरूङज्यु (पोर्चुगल), श्री विमला सेने लिम्बूज्यु (युके), श्री मिलन राईज्यु (बहराइन), श्री अरूण तामाङज्यु (अष्ट्रेलिया) अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र विदेशस्थित नेफिन प्रवास संगठनका अध्यक्षज्युहरु बिधिपुर्बक मनोनित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
स्मरण रहोस, नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको घोषणा सन् १६ अक्टोबर २०२१ मा भएको हो। सो समयमा अध्यक्ष रहेका नेफिन प्रवास संगठनका अध्यक्षहरू स्वत: संस्थापक सदस्य रहने निर्णय भएको छ ।
कर्मा पहाडी शेर्पा ।
अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ युके तथा सम्पूर्ण परिवार ।







