
अल्डरसट विलिङटन वार्डको काउन्सिलर पदमा समाजसेवी जीव बेल्वासे निर्वाचित
लन्डन वैशाख २४ । बेलायतको अल्डरसट विलिङटन वार्डमा कन्जरभेटिभ पार्टीका उम्मेदवार एवं समाजसेवी जीव बेल्वासे काउन्सिलर पदमा विजयी भएका छन् । शुक्रबार बेलुकी सार्वजनिक परिणाम अनुसार बेल्वासे ५ सय ८७ मतसहित निर्वाचित भएका हुन् ।


