बैँक अफ इङल्याण्डद्वारा ब्याजदरमा बृद्धि

SHARE:

लण्डन पुष २ ।

बेलायतको केन्द्रीय बैँक बैँक अफ इङल्याण्डले ब्याजदर बढाएको छ ।

बैँकको मौद्रिक नीति समितिले नयाँ ब्याजदर ०.२५ प्रतिशत बनाउने निर्णय गरेको हो । सो निर्णयका पक्षमा समितिका ९ सदस्यहरुमध्ये ८ जनाले समर्थन जनाएका थिए भने एक जनाले विरोध जनाएका थिए । बैँकले गत वर्ष ब्याजदर ०.१ प्रतिशत कायम गरेको थियो । केही महिनाअघि नै ब्याजदर बढ्ने चर्चा भए पनि अहिले आएर मात्र बैँकले ब्याज दर बढाएको हो ।

तथापि ओमिक्रोन भाइरसको बिग्बिगी र क्रिशमसको मुखमा बढाइएको भनेर बैँकको निर्णयको आलोचना पनि गरिएको छ । नयाँ ब्याजदर सँगै अब मोर्गेज बढ्ने भएको छ । भेरियबलमा रहेका मोर्गेज ग्राहकले मासिक १० देखि १५ पाउण्ड बढी तिर्नपर्ने बीबीसीको विश्लेषण छ ।

समग्रमा आजको निर्णयबाट सर्वसाधारणमा सामान्य मात्र असर पर्ने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!