
म्याग्दी अर्गनाइजेसन (मोना) युकेको महाधिवेशन सम्पन्न:
जमुना पुन
बेलायत – आज आइतवार डिसेम्बर १९ का दिन म्याग्दी अर्गनाइजेसन (मोना) युकेको महाधिवेशन बेलायतको अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा सम्पन्न सम्पन्न भएको छ। माहाधिवेशनमा आपतकालीन स्थितिको ब्रिफिङ्ग, आसन ग्रहण, दियो प्रज्वलन जस्ता सामान्य प्रक्रियाहरु पुरा गर्दै महाधिवेशनको पहिलो सेसन तथा खुला सत्र शुरु भएको थियो। खुला सत्रमा संस्थाको तर्फबाट उपाध्यक्ष होम रोकाले स्वागत मन्तब्य दिएका थिए भने म्याग्दी अर्गनाइजेसन (मोना) युकेको निबर्तमान अध्यक्ष उमेश राना, प्रमुख अतिथि तथा गैर आबशीय नेपाली संघ युकेका निबर्तमान अध्यक्ष योगेन क्षेत्री र गैर आबशीय नेपाली संघ युकेका सल्लाहकार सुमन पुनले सुभकामना मन्तब्य दिएका थिए।
महाधिवेशनमा संस्थाको प्रतिवेदन महासचिवको लाल पुनले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक कारोबारको प्रतिवेदन संस्थाको कोषाध्यक्ष पदम सुन्दर गर्बुजाले प्रस्तुत गरेका थिए। त्यस्तै संस्थाका बिभिन्न उपसमितिहरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने अडिट टिमका सदस्य अमर मल्लको अनुमतिमा कोषाध्यक्ष पदम सुन्दर गर्बुजाले अडिट रिपोर्ट प्रस्तुत गरेका थिए। बिधान समितिका संयोजक धन पुनले बिधान प्रस्तुत गरेको म्याग्दी अर्गनाइजेसन (मोना) युकेको बिधान सर्बसम्मतद्वारा पारित भएको थियो।
महासचिब लाल पुनले संचलान गरेको महाधिवेशनमा अध्यक्ष दल जुक्जालीले अध्यक्षता गरेका थिए। प्रमुख अतिथिमा गैर आबशीय नेपाली संघ युकेका निबर्तमान अध्यक्ष योगेन क्षेत्री थिए भने गैर आबशीय नेपाली संघ जापानका महिला संयोजक तथा मोना अन्तराष्ट्रिय समन्नय परिषद्की क्षेत्रीय सदस्य बिष्णु भण्डारी बिशेष अतिथिमा आसिन थिए।
पहिलो सेसन तथा खुला सत्र समाप्त भएपछी महाधिवेशनको दोस्रो सेसन तथा बन्द सत्र शुरु भएको थियो। बन्द सत्रमा निर्वाचन कमिटिका प्रमुख आयुक्त उमेश राना, उपप्रमुखहरु रत्न शाही र लिलामान शेरपुन्जाले निर्वाचित पदाधिकारीहरु र कार्यसमितिहरुको नाम घोषणा गरेका थिए। कोषाध्यक्षका लागि उमेद्वारी नपरेको हुनाले कोशाध्यक्षको स्थान खाली राखेका थिएभने अन्य सदस्यहरु तथा बेनी नगर पालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा गाउँपालिकाका सचिबहरु निर्वाचित गरेका थिए। ति निर्वाचित पदाधिकारीहरु र कार्यसमितिहरुको नामहरु निम्न तल छन।
अध्यक्ष: कुमार फगामी
बरिष्ठ उपाध्यक्ष: लाल बहादुर पुन
उपाध्यक्ष :पदम सुन्दर गर्बुजा
महिला उपाध्यक्ष: धन कुमारी रोका (धना)
महासचिब: बिष्णु भण्डारी
सचिब: मन्दिप जुक्जाली
कोषाध्यक्ष:
सह कोषाध्यक्ष: तारा रोका
सांस्कृतिक सचिब: नुनु पाईजा
सदस्यता सचिब: तकलाल पुन
अन्नपूर्ण गाउँ पालिका सचिब: नारायण पुन
सदस्य: बिल बहादुर पुर्जा
सदस्य: भक्त रोका
सदस्य: राम तिलिजा
सदस्य: गंगा पुर्जा
सदस्य: टेक बुढाथोकी
सदस्य: साम गुरुङ
निर्वाचित सम्पूर्ण पदाधिकारीहरु र कार्यसमितिहरुलाई निर्वाचन समितिका प्रमुख आयुक्त उमेश रानाले सपथ ग्रहण गराएका थिए। म्याग्दी अर्गनाइजेसन (मोना) युकेको महाधिवेशनमा निबर्तमान अध्यक्षहरु योग कुमार फगामी, उमेश राना, सल्लाहकारहरुलगायत सयभन्दा बढीको उपस्थिति रहेको थियो।





