
नेपालमा हिउँदे झरी, ठाउँठाउँमा हिमपात
काठमाडौ । पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत नेपालभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखि पानी समेत परिरहेको छ

