हर्मिटेज नेपाली कम्युनिटीको समर बार्बिक्यु सम्पन्न

बेलायत। हर्मिटेज नेपाली कम्युनिटीले शनिबार १८ जुलाई २०२६ को दिन ‘समर बार्बिक्यु २०२६’ सम्पन्न गरेको छ। बेलायती सेनाको ७७ ब्रिगेडमा कार्यरत तथा नेपालका पूर्व, पश्चिम, उत्तर र दक्षिणका विभिन्न भूभागबाट आएर बेलायतलाई आफ्नो कर्मथलो बनाएका नेपाली सैनिक एवं उनीहरूका परिवारको सुखद उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको संयोजन पर्वत जिल्ला चित्रे निवासी स्टाफ सार्जेन्ट […]
साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ रेस फर लाइफमा सहभागी

लन्डन । साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ रेस फर लाइफमा सहभागी भएका छन् । क्यान्सर रिसर्च यूकेले शनिबार गिल्डफोर्डस्थित स्ट्रोकपार्कमा आयोजना गरेको दौडमा तमु धीं यूके आमा समूहको नेतृत्वमा सेभेन सिस्टर्स पनि सहभागी भएका हुन् । दौडमा सहभागी हुँदै तमु धीं यूके आमा समूहले क्यान्सर रिसर्च यूकेलाई ३ हजार ५०० पाउन्ड हस्तान्तरण गरेको छ । […]
निर्वाचन क्षेत्र म्याग्दी पुगे मन्त्री महावीर पुन, विकासमा सघाउने प्रतिबद्धता

गण्डकी । प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । “चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घबाट रु चार करोड विनियोजन भएको छ, एक वर्ष भित्रमा समस्या समाधान […]
कास्की आदर्श समाज बहराइनद्वारा हिमालय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पोखरा, कास्की SK । कास्की आदर्श समाज बहराइनले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कास्की जिल्लाको मादी गाउँपालिका–१२, लिपेयानीस्थित हिमालय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री हस्तान्तरण गरेको छ। ‘कस्केलीको एकता आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता’ भन्ने मूल नारासहित सन् २०१९ जुलाई ५ मा स्थापना भएको संस्थाले शिक्षा, समाजसेवा तथा […]
बेलायतमा मगर संघ युकेद्वारा आयोजना हुने नेपाली ओपन कन्सर्टमा मन्त्र ब्याण्डले प्रस्तुति दिने
तमु धीं यूके आमा समूह ‘रेस फर लाइफ’मा, क्यान्सर रिसर्चलाई ३ हजार ५ सय पाउन्ड प्रदान

लन्डन । तमु धीं यूके आमा समूहले ‘रेस फर लाइफ’मा भाग लिँदै क्यान्सर रिसर्चलाई ३ हजार ५ सय पाउन्ड प्रदान गरेको छ । क्यान्सर रिसर्च सेन्टर यूकेको आयोजनामा शनिबार गिल्डफोर्ड स्टोक पार्कमा सम्पन्न ‘रेस फर लाइफ’ को ५ किमि रेस (दौड)मा तमु धीं यूके आमा समूहका दिदीबहिनीहरूले सहभागिता जनाएका हुन् । आमा समूहकी अध्यक्ष कमलादेवी […]
बेलायतमा समाजसेवी लिला सेलिङ माबो ‘वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’बाट सम्मानित

लन्डन । ग्रेटर रसमर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी अध्यक्ष लिला सेलिङ माबो प्रतिष्ठित’वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’बाट सम्मानित भएकी छन् । यही १७ जुलाई २०२६ मा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डमा आयोजित १७औँ वर्ल्ड लिडर्स समिट’को विशेष समारोहमा लिलाले अवार्ड थापेकी हुन् । उक्त समारोहमा हाउस अफ लर्ड्सका सदस्य, किङ्स काउन्सिल तथा बार काउन्सिल अफ इङ्ग्ल्याण्ड एन्ड […]
गल्कोट समाज यूकेको निमन्त्रणामा लन्डन ओर्लिए चर्चित गायक विष्णु खत्री

लन्डन । चर्चित गायक विष्णु खत्री २० वर्षको अन्तरालमा फेरि बेलायत आएका छन् । गल्कोट समाज यूकेको निमन्त्रणामा गायक खत्री शुक्रबार १७ जुलाईमा बेलायत आइपुगेका हुन् । उनलाई एयरपोर्टमा गल्कोट समाज यूकेका अध्यक्ष विष्णु चालिसे, सुरेश परियारले एयरपोर्टमा स्वागत गरेका थिए । लन्डन उत्रिएपछि उनले फेसबुकमा लेखेका छन्, ‘आरामदायी यात्रा,लण्डनमा दोस्रो पाईला। गल्कोट समाज युकेका […]
राप्ति समाज यूकेको कार्यक्रमका लागि लन्डन आइपुगिन् गायिका बिमता घर्ती मगर

लन्डन । राप्ति समाज यूकेको वार्षिक भेटघाट कार्यक्रमका लागि लोक तथा दोहोरी गायिका बिमता घर्ती मगर लन्डन आइपुगेकी छन् । गायिका बिमता शुक्रबार १७ जुलाई २०२६ मा लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हुन् । सँगै गायिका कामना ओली पनि बेलायत आएकी छन् । उनीहरुलाई आयोजक संस्थाका पदाधिकारी र इस्टमित्रले विमानस्थलमा स्वागत गरेका थिए । गायिका बिमताले […]