साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ रेस फर लाइफमा सहभागी

SHARE:

लन्डन । साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ रेस फर लाइफमा सहभागी भएका छन् ।

क्यान्सर रिसर्च यूकेले शनिबार गिल्डफोर्डस्थित स्ट्रोकपार्कमा आयोजना गरेको दौडमा तमु धीं यूके आमा समूहको नेतृत्वमा सेभेन सिस्टर्स पनि सहभागी भएका हुन् । दौडमा सहभागी हुँदै तमु धीं यूके आमा समूहले क्यान्सर रिसर्च यूकेलाई ३ हजार ५०० पाउन्ड हस्तान्तरण गरेको छ । जसमध्ये साउथ इस्ट लन्डनका सेभेन सिस्टरले १८ सय ५४ पाउन्ड (गिफ्ट एडसहित) संकलन गरेका थिए ।

समूहमा तीनजना कमला गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, लक्ष्मी गुरुङ र पार्वती गुरुङ छन् । उक्त समूहले बेलायतमा हुने विभिन्न मेला, महोसत्वमा काक्रो, चिया, सुन्तला, माछाजस्ता सानोतिनो व्यापार गरेर भएको आम्दानी कोषमा जम्मा गरेर पीडित र विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।

आमा समूहले हरेक वर्ष रेस फर लाईफमा भाग लिँदै आएको छ । धावकलाई हौसला प्रदान गर्न तमु धीं यूकेका पूर्व र वर्तमान पदाधिकारी पनि दौडस्थल पुग्नुभएको थियो ।

सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलियन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!