३२औँ मगर प्रसारण दिवसको अवसरमा बेलायतवासी मनसुधन थापामगर सम्मानित

पोखरा । ३२औँ मगर प्रसारण दिवसको अवसरमा बेलायतवासी गायक मनसुधन थापामगर सम्मानित भएका छन् । नेपाल मगर पत्रकार संघ, कास्कीको आयोजनामा सोमबार सम्पन्न ३२औँ मगर प्रसारण दिवसको अवसरमा मनसुधन र मीना थापा मगर सम्मानित भएका हुन् । मनसुधन हाल बेलायतमा रहेकाले उनको सम्मानपत्र पनि मिनाले ग्रहण गरेकी थिइन् । मनसुधन र मिनलाई कार्यक्रममा नेपाल पत्रकार […]

यस्तो भयो ईलमपोखरी समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम [हेरौं २२ तस्बिरहरु]

लन्डन । ईलमपोखरी समाज यूकेको वार्षिक गृष्मकालीन कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । बेलायतको अल्डरसटस्थित अल्डरवुड लिजर सेन्टरमा शनिबार १५ अगस्टमा परशु गुरुङको अध्यक्षता र लमजुङ समाज यूकेका अध्यक्ष तथा ईसमपोखरी समाजका निवर्तमान अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गोरखाली समाज यूके, गोरखा जिल्ला गुरुङ समाज यूके, […]

सरकारसँग सहमति भएसँगै वैदेशिक रोजगार व्यवसायीको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुङ्ग्याउन सरकार र व्यवसायी दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगन […]

आदिवासी जनजातिको भाषा जोगाउने काम राज्यले गर्नुपर्छ : सांसद परशुराम तामाङ

काठमाडौं । प्रतिनिधिसभा सांसद एवं नेपाली कम्युनिस्ट पार्टीका नेता परशुराम तामाङले आदिवासी जनजातिको भाषा जोगाउने काम राज्यले गर्नुपर्ने बताएका छन् । काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा सोमबार तामाङ पत्रकार संघीय समितिले आयोजना गरेको मिडिया अवार्ड वितरण कार्यक्रममा सांसद तामाङले तामाङ मात्र नभएर नेपालको आदिवासी जनजातिको भाषा विकास राज्यले गर्नुपर्नेमा जोड दिएका हुन् । ‘यो समुदायको त […]

३२औँ तामाङ प्रसारण दिवस : जगतमान र जमुनालाई ‘तामाङ मिडिया अवार्ड’

काठमाडौं । ३२ औं तामाङ प्रसारण दिवसका अवसरमा दुई जना पत्रकारहरु ‘तामाङ मिडिया अवार्ड–२०८३’बाट सम्मानित भएका छन् । काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा सोमबार तामाङ पत्रकार संघीय समितिले आयोजना गरेको मिडिया अवार्ड वितरण कार्यक्रममा पत्रकारद्वय जगतमान तामाङ(काभ्रेपलाञ्चोक) र जमुना तामाङ(मकवानपुर) सम्मानित भएका हुन् । सम्मानित दुवैलाई प्रमुख अतिथि प्रतिनिधिसभा सांसद परशुराम तामाङ र संघका अध्यक्ष नेत्र […]

वरिष्ठ पत्रकार हरिशरण लामिछानेलाई एनएलडिसी पुरस्कार

कोमल मल्ल काठमाडौँ । विगत तीन दशकदेखि रेडियो नेपालको वरिष्ठ समाचार वाचक रही नेपाली भाषा साहित्य सञ्चार र पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्‍याएका वरिष्ठ पत्रकार हरिशरण लामिछाने एनएलडिसी साहित्य-सञ्चार पदक पुरस्कारद्वारा सम्मानित भएका छन् । काठमाडौँ बालुवाटारस्थित परिषद् कक्षमा आयोजित समारोहमा परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई, सल्लाहकार परिषद्का प्रमुख सल्लाहकार वरिष्ठ कवि […]

जीआरएनसी यूकेका निवर्तमान अध्यक्ष मान गुरुङद्वारा मानवसेवा आश्रमलाई १ लाख सहयोग

लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेका निवर्तमान अध्यक्ष मान गुरुङले मानवसेवा आश्रम सामाखुसीलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् । बेलायतमा ‘अनलेस योर इनर सेल्फ’कार्यक्रम सञ्चालन गरेर संकलित सहयोग १ लाख ४८७ रुपैयाँ समाजसेवी गुरुङले आइतबार ठूली दिदी सुधा गुरुङमार्फत हस्तान्तरण गराएका हुन् । मानव सेवा आश्रमका तर्फबाट सहयोगी दातालाई प्रदान गरिएको प्रमाणपत्र […]

बेलायतमा श्रम संस्कृति समाज यूकेको विधान सभा सम्पन्न, विधान सर्वसम्मत पारित

नर थाम्सुहाङ अल्डरसट । श्रम संस्कृति समाज यूकेको विधान सभा सम्पन्न भएको छ। बेलायतको अल्डरसटमा १६ अगस्ट २०२६ मा समाजका संयोजक मनोज पुनको अध्यक्षतामा विधान सभा सम्पन्न भएको हो । सभामा विधान मस्यौदा समितिका संयोजक डा. महा राई, गठन पहल समितिका संयोजक राम इजमलगायत श्रम संस्कृति समाजका पदाधिकारी, सदस्य तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। सभामा […]

नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ । भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनिबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र टिकट सार्वजनिक गरिदिए । उक्त टिशर्ट सिक्किम कन्सर्टकै लागि विशेष रुपमा तयार पारिएको हो । यसअघि […]

error: Content is protected !!