नेपालका बाढीपीडितका लागि बेलायतबाट पशुपतिनाथ मन्दिरले पठायो आधा करोड

तस्बिर : नेपाली लिंक लन्डन । नेपालका बाढीपीडितका लागि बेलायतस्थित पशुपतिनाथ मन्दिरले आधा करोड रुपैयाँ सहयोग पठाएको छ । नेपाली दूतावास लन्डनमा बिहीबार आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समिति अध्यक्ष रोमनाथ पाण्डे, ट्रस्टी संयोजक नरेन्द्र कँडेललगायत पदाधिकारीले २४ हजार ७७५ पाउन्ड (करिब ५० लाख ५१ हजार रुपैयाँ) सहयोग रकमको चेक कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीलाई हस्तान्तरण […]
बेलायतबाट एभरेस्ट इन ग्रुपद्वारा नेपालका बाढीपीडितका लागि साढे ४१ लाख सहयोग

लन्डन । नेपालका बाढीपीडितका लागि एभरेस्ट इन ग्रुप बेलायतले साढे ४१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । ग्रुपले रेस्टुरेन्टहरूमा च्यारिटी डिनर आयोजना गरी संकलन गरिएको रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । ग्रुपका अध्यक्ष पशुपति भण्डारीले अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई ४१ लाख ५० हजार २१७ रुपैयाँ सहयोग रकम […]
तमु धीं युकेले झन्डै डेढ करोड रुपैयाँ बराबर सहयोग तथा २५ वटा सामाजिक कार्य गरेर फर्किए

बेलायत – भोटेकोशी बाढीपीडितहरूका लागि राहत हस्तान्तरण तथा वितरण गर्न नेपाल गएको तमु धीं युकेको प्रतिनिधि मण्डल झन्डै डेढ करोड रुपैयाँ बराबर सहयोग तथा २५ वटा सामाजिक कार्य गरेर बेलायत फर्किएको छ। तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा गएको उक्त टोलीमा वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल […]
नेपालका बाढीपीडितका लागि बुद्धिस्ट गुम्बा रेडिङ यूकेको ११ लाख सहयोग

लन्डन । रसुवा क्षेत्रमा आएको हिमपहिरोपछि भोटेकोशी, त्रिशूली, बेत्रावती, टिमुरे र श्याफ्रुबेंसीलगायत क्षेत्रमा भएको बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि बुद्धिस्ट गुम्बा रेडिङ यूकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ। गुम्बाका मूलगुरु खेन् रिम्पोछे शीर लामा गुरुको अगुवाइमा गुम्बासँग आबद्ध दाताहरू, गुम्बा परिवार तथा स्वयं मूलगुरुको योगदानबाट संकलित ११ लाख […]
गृहमन्त्री सुधन गुरुङसँग एनआरएनए पदाधिकारीको भेट, गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहलका लागि आग्रह गर्नुभएको छ। गृहमन्त्रालयमा भएको भेटका क्रममा एनआरएनए पदाधिकारीहरूले हाल गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था भए पनि संविधानले सुनिश्चित गरेका […]
नेपालमा बाढी : एनआरएनए अभियानमा बेलायतसहित विभिन्न देशबाट ६ करोड ३२ लाख संकलन

लन्डन । भोटेकोशी र त्रिशूलीमा गत भदौ १० गते (अगस्ट २६) मा आएको बाढी प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चलाएको अभियानमा ६ करोड ३२ लाख ५ हजार १४३ रुपैयाँ संकलन भएको छ । पूर्वप्रतिबद्धता अनुसार ९ करोड ३७ लाख ८१ हजार २२६ रुपैयाँमध्ये बुधबारसम्म उक्त रकम प्राप्त भएको एनआरएनएले जनाएको छ। एनसीसी/संस्था प्राप्त रकम […]