बेजिङस्टोक नेपाली समाजको विन्टर पार्टी तथा दशैँ विशेष कार्यक्रम सम्पन्न

लन्डन । बेजिङस्टोक नेपाली समाज (बीएनसी) यूकेको आयोजनामा विन्टर पार्टी तथा दशैँ विशेष सांस्कृतिक कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। अक्टोबर १० शनिबार बेजिङस्टोकमा आयोजित कार्यक्रम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर डा. पल हार्भे तथा बीएनसीका अध्यक्ष विजय लिङथेप लिम्बूले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अमृता पस्लुङ्वाले […]
लन्डनमा सातौं गोर्खा राइफल्सका वीर सैनिकहरूको स्मृतिमा ऐतिहासिक स्मारक अनावरण

लन्डन । राष्ट्रको सेवामा समर्पित भई आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन बलिदान गर्ने वीर सैनिकहरूको सम्मान तथा स्मृतिमा लन्डनस्थित सेन्ट पल्स क्याथेड्रलको किचनर कक्षमा साताौं गोर्खा राइफल्सको ऐतिहासिक स्मारक अनावरण गरिएको छ। सन् १९०२ देखि १९९४ सम्मको इतिहास बोकेको सातौं गोर्खा राइफल्स, पछि ७औँ ड्युक अफ एडिनबरा आफ्नै गोर्खा राइफल्सका अफिसर तथा सबै दर्जाका […]
नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप, उदयशमशेर र डिला विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा.चन्द्रकान्त भण्डारी र ई.मधु आचार्य विजयी भएका छन् । त्यस्तै, उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा.डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उपसभापति […]
भैरहवामा राष्ट्रिय जनमुक्ति पार्टीको १२औँ राष्ट्रिय भेला सुरु

भैरहवा । राष्ट्रिय जनमुक्ति पार्टीको १२औँ राष्ट्रिय भेला आजदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरु भएको छ। पार्टी अध्यक्ष केशव सूर्यवंशी मगरको प्रमुख आतिथ्यमा सुरु भएको भेलामा विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको छ। असोज २५, २६ र २७ गते गरी तीन दिनसम्म सञ्चालन हुने भेलामा युवादेखि ज्येष्ठ नागरिकसम्मको उपस्थिति देखिएको आयोजकले जनाएको छ। विभिन्न […]
सचिव रुद्रसिंह तामाङ राष्ट्रसेवक कर्मचारी समाजबाट सम्मानित

काठमाडौँ । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा हुनुभएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदस्थापन हुनुभएका तामाङलाई समाजका अध्यक्ष डा उदयबहादुर रानामगर, संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, नेपाल सरकारका पूर्वसचिवद्वय तुलसीप्रसाद थपलिया र रामप्रसाद थपलियालगायतले सफल कार्यकालको कामनासहित सम्मान प्रदान गर्नुभयो […]
२३औँ गैरआवासीय नेपाली दिवस विविध कार्यक्रम आयोजना गरी मनाइयो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २३औँ स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा आइतबार बिहान काठमाडौंस्थित स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरिएको थियो। त्यसैगरी, संघको सचिवालयमा झण्डोत्तोलन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संस्थापक महासचिव एवी संरक्षक भिम उदास […]
बेलायतका नेपाली उद्यमीद्वारा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएप ल्याउने तयारी

लन्डन । बेलायतको स्वास्थ्य तथा सोसल केयर क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित नेपाली उद्यमीहरूको नेतृत्वमा विकसित एआईमा आधारित प्लेटफर्म Qevora AI बजारमा ल्याउने तयारी गरिएको छ। स्वास्थ्य सेवा प्रदायकहरूको प्रशासनिक काम सहज बनाउने, सञ्चालन खर्च घटाउने र स्वास्थ्यकर्मीलाई सेवाग्राहीको हेरचाहमा बढी समय उपलब्ध गराउने लक्ष्यसहित प्लेटफर्म विकास गरिएको कम्पनीले जनाएको छ। ५०० भन्दा बढी […]
पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी, ३६ जनाको उद्धार [अपडेट]

काठमाडौँ । पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले पछिल्लो २४ घण्टामा ती क्षेत्रमा छिटपुट मात्र […]
एनआरएनए स्थापनाको २३ वर्ष : उपलब्धि, चुनौती र समृद्ध नेपालको सम्भावना

गैरआवासीय नेपाली संघको स्थापना सन् २००३ अक्टोबर ११ मा भएको हो। विश्वका विभिन्न देशमा बसोबास, रोजगारी, व्यवसाय, अध्ययन तथा पेसागत क्षेत्रमा सक्रिय नेपाली मूलका व्यक्तिहरूलाई साझा संस्थागत सञ्जालमा जोड्ने उद्देश्यले संघको स्थापना गरिएको थियो। विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि र अनुभवलाई नेपालको विकाससँग जोड्ने तथा उनीहरूको हकहित संरक्षण गर्ने यसको मूल ध्येय हो। […]
नेपालमा बूढीगण्डकीमा भीषण बाढी : छ वटा पुल बगे, १० जना सम्पर्कविहीन [अपडेट]

काठमाडौं । नेपालमा बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र […]
नेपालको बूढीगण्डकी नदीमा भीषण बाढी, गोरखा चुमनुब्रीका ३५ घर बगे

गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई बताउनुभयो । आइतबार बिहान ४ बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै […]