गायिका निताकुमारी थापा मगरको बिदाइ कार्यक्रम शुक्रबार अल्डरसटमा

लन्डन । ‘द भ्वाइस अफ नेपाल सिजन ७’ की विजेता निता कुमारी थापा मगरको बिदाइ कार्यक्रम यही शुक्रबार बेलायतको अल्डरसटमा आयोजना हुने भएको छ। ३० अक्टोबर २०२६ मा साँझ ६ बजेदेखि द प्यालेस रेस्टुरेन्ट अल्डरसटमा कार्यक्रम आयोजना हुन लागेको हो। थापा मगरले बेलायत बसाइका क्रममा प्राप्त माया, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आफ्ना अग्रज, […]

एनआरएनएका राष्ट्रिय परिषद् बलियो बनाउन तीनदिने रणनीतिक कार्यशाला

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूको रणनीतिक तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने रणनीतिक कार्यशाला सुरु भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईइलओ), गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्विस सरकारको सहकार्यमा मिरिड्यु परियोजनाको दोस्रो चरणअन्तर्गत आयोजित ‘स्ट्राटेजिक क्यापासिटी बिल्डिङ वर्कसप’ अक्टोबर २८ देखि ३०, २०२६ सम्म सञ्चालन हुनेछ। […]

ताप्लेजुङ यूके युवा समाजद्वारा क्यान्सर तथा मृगौलापीडितलाई १ लाख ६० हजार सहयोग

लन्डन । ताप्लेजुङ यूके युवा समाज यूकेले ताप्लेजुङका क्यान्सर तथा मृगौलापीडितसहित तीन जनालाई एक लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । समाजले मङ्गलबार सदरमुकाम फुङलिङमा पीडित परिवारका प्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरेको हो । समाजका महासचिव दिनेश लिङ्खिमका अनुसार फुङलिङ नगरपालिका–६ का दिनेश मादेनलाई ८० हजार रुपैयाँ तथा मेरिङदेन गाउँपालिका–२, सान्थाक्राका मिङमा […]

बेलायतमा बाक्लो हुस्सुको चेतावनी, सवारी चलाउन जोखिम, आँधीको प्रभाव कम हुँदै

लन्डन । बेलायतका केही क्षेत्रमा यस साता बाक्लो हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ । हुस्सुका कारण विशेषगरी बिहान काममा जाने समयमा सवारी चालकलाई जोखिम हुने मौसमविद्हरूले बताएका छन् । बुधबार घाम लाग्ने र पानी पर्ने क्रम जारी रहनेछ । तर, बिहीबारतर्फ हावा चल्ने गति कम हुँदै जाँदा देशका विभिन्न क्षेत्रमा बाक्लो हुस्सु लाग्ने अपेक्षा गरिएको […]

लमजुङ घलेगाउँका पूर्वप्रधानपञ्च तथा समाजसेवी लिलबहादुर घलेको निधन

लन्डन । लमजुङको क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँ निवासी ८५ वर्षीय जमदार लिलबहादुर घलेको निधन भएको छ। पूर्वप्रधानपञ्च घलेको निधन भएको बुधबार लमजुङका पत्रकार आश गुरुङले जनाएका छन् । बहुदलीय व्यवस्था पुनःस्थापनापछि उहाँले तत्कालीन उत्तरकन्या गाउँ विकास समितिमा नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी लामो समयसम्म सम्हाल्नुभएको थियो। कृष्ण चरित्र र सेर्गा गुरुका रूपमा समेत परिचित घले इतिहाससम्बन्धी ज्ञानका लागि […]

शान्ति नेपाली समाज यूकेको दसैँ–तिहार शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

लन्डन । शान्ति नेपाली समाज यूकेले विजयादशमी तथा शुभ दीपावली २०८३ को अवसरमा बर्मिङहममा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा बालबालिकाका सांस्कृतिक प्रस्तुति, नौमती बाजा तथा स्थानीय कलाकारका प्रस्तुतिसँगै ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीताकुमारी थापा मगरको सांगीतिक प्रस्तुतिले रौनक थपेको थियो। समाजका कार्यवाहक अध्यक्ष निशेन्तमान बज्राचार्यको […]

नुवाकोटका बाढी पीडितक‍ो पुनःस्थापनालाई संस्थागत परियोजनाका रूपमा अघि बढाइने

नुवाकोट । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् यूकेले नुवाकोटमा बाढी पीडित समुदायको पुनःस्थापनालाई संस्थागत परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । बाढीबाट प्रभावित नुवाकोट र रसुवाको राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व र स्थानीय जनप्रतिनिधिबीच मंगलबार देवीघाटमा भएको छलफलमा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले […]

error: Content is protected !!