लन्डन । शान्ति नेपाली समाज यूकेले विजयादशमी तथा शुभ दीपावली २०८३ को अवसरमा बर्मिङहममा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार आयोजित कार्यक्रममा बालबालिकाका सांस्कृतिक प्रस्तुति, नौमती बाजा तथा स्थानीय कलाकारका प्रस्तुतिसँगै ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीताकुमारी थापा मगरको सांगीतिक प्रस्तुतिले रौनक थपेको थियो।
समाजका कार्यवाहक अध्यक्ष निशेन्तमान बज्राचार्यको अध्यक्षता तथा प्रमुख सल्लाहकार कोश्लेश्वर ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, कलाकार तथा सर्वसाधारणको सहभागिता थियो।
कार्यक्रममा समाजमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा नौमती बाजा समूहलाई सम्मान गरिएको थियो। उपाध्यक्ष पार्वती भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव शशांक शर्मा र सचिव डीआर पराजुलीले सञ्चालन गरेका थिए।






