बेलायतमा बाक्लो हुस्सुको चेतावनी, सवारी चलाउन जोखिम, आँधीको प्रभाव कम हुँदै

SHARE:

लन्डन । बेलायतका केही क्षेत्रमा यस साता बाक्लो हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ । हुस्सुका कारण विशेषगरी बिहान काममा जाने समयमा सवारी चालकलाई जोखिम हुने मौसमविद्हरूले बताएका छन् ।

बुधबार घाम लाग्ने र पानी पर्ने क्रम जारी रहनेछ । तर, बिहीबारतर्फ हावा चल्ने गति कम हुँदै जाँदा देशका विभिन्न क्षेत्रमा बाक्लो हुस्सु लाग्ने अपेक्षा गरिएको छ ।

बिहीबार बिहान कार्यालय जाने समयमा हुस्सुका कारण सडकमा दृश्यता कम हुने र सवारी चलाउन कठिन हुने पूर्वानुमान छ । यस्तो अवस्थामा चालकहरूलाई सावधानी अपनाउन र सुरक्षित गतिमा सवारी चलाउन आवश्यक हुनेछ ।

यस साताको अन्त्यतिर वर्षा हुने सम्भावना पनि छ । नोभेम्बर सुरु हुँदै गर्दा उच्च वायुदाबको प्रभाव बढ्ने भएकाले आगामी साता पनि देशका विभिन्न क्षेत्रमा तुवाँलो र हुस्सु लाग्ने अनुमान गरिएको छ ।

आँधीको प्रभाव कम हुँदै
बेलायतमा पछिल्लो समय देखिएको आँधीबेहरीयुक्त मौसम अबका केही दिनमा शान्त हुँदै जाने पूर्वानुमान गरिएको छ। वायुमण्डलको माथिल्लो भागमा तीव्र गतिमा बहने वायु प्रवाह अर्थात् ‘जेट स्ट्रिम’ सक्रिय हुँदा न्यून चापीय प्रणालीहरू बेलायततर्फ आएका थिए।

अब जेट स्ट्रिम कमजोर हुँदै जाने र न्यून चापीय प्रणालीको प्रभाव घट्दै उच्च वायुदाब विकसित हुन थाल्ने मौसम पूर्वानुमानमा उल्लेख छ।

उच्च वायुदाबको प्रभावले मौसम स्थिर र शान्त बन्ने तथा हावाको गति कम हुने गर्छ। तर, शरद ऋतुको अन्त्यतिर उच्च वायुदाबका कारण तुवाँलो, हुस्सु, तल्लो तहको बादल, चिसो दिन र राति तुषारो पर्ने सम्भावना पनि बढ्छ।

बुधबार बिहान पछिल्ला दिनको तुलनामा बढी चिसो महसुस हुनेछ। देशका अधिकांश क्षेत्रमा मौसम सुक्खा रहने भए पनि बादल लाग्नेछ। दक्षिणी स्कटल्यान्ड, उत्तरी इङ्ल्यान्ड र उत्तरी वेल्सका केही क्षेत्रमा वर्षासमेत हुने पूर्वानुमान छ।

वर्षा गराउने प्रणाली बिहानै वेल्स हुँदै दक्षिणपूर्वतर्फ सर्ने र मिडल्यान्ड्स क्षेत्रमा पुगेर क्रमशः कमजोर हुँदै जानेछ।

दिउँसो भने बेलायतका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सुक्खा रहनेछ र घाम लाग्ने सम्भावना छ। तापक्रम औसतभन्दा केही बढी, १२ देखि १६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!