नुवाकोटका बाढी पीडितक‍ो पुनःस्थापनालाई संस्थागत परियोजनाका रूपमा अघि बढाइने

SHARE:

नुवाकोट । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् यूकेले नुवाकोटमा बाढी पीडित समुदायको पुनःस्थापनालाई संस्थागत परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ ।

बाढीबाट प्रभावित नुवाकोट र रसुवाको राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व र स्थानीय जनप्रतिनिधिबीच मंगलबार देवीघाटमा भएको छलफलमा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले त्यस्तो जानकारी दिएका हुन्।

उनले यूकेमा रहेका नेपाली समुदायको सहयोगलाई समन्वय गर्दै प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत तथा पुनःस्थापनाका काम अघि बढाउने प्रयास भइरहेको पनि जनाए ।

देवीघाटकै स्थानीय बासिन्दासमेत रहेका पुडासैनीले आफ्नो जन्मभूमि र प्रभावित समुदायसँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै विपद्बाट पीडित नागरिकको दुःखमा साथ दिनु साझा दायित्व भएको बताए ।

उनले एनआरएनए यूकेले विभिन्न स्थानमा छरिएर रहेका सहयोगका प्रयासलाई समन्वयात्मक र व्यवस्थित बनाउँदै प्रभावित समुदायसम्म वास्तविक सहयोग पुर्‍याउन काम गरिरहेको बताए । स्थानीय सरकार, सामाजिक संस्था, प्रभावित समुदाय र विश्वभरिका नेपालीबीच सहकार्य गरेर शिक्षा, स्वास्थ्य तथा दीर्घकालीन पुनःस्थापनामा योगदान पुर्‍याउनु परिषद्को उद्देश्य रहेको उनको भनाइ थियो।

मंगलबार आयोजित बैठकलाई सम्बोधन गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले विपद् र संकटका बेला एनआरएनए सधैं नेपाली समुदायको साथमा उभिंदै आएको जनाए । उनले मातृभूमिमा संकट पर्दा प्रवासी नेपालीले सहयोग, सहकार्य र मानवीय सेवामार्फत योगदान पुर्‍याउनुपर्ने उल्लेख गर्दै प्रभावित समुदायको पुनःस्थापनाका लागि एनआरएनएले सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्न एनआरएनए प्रतिबद्ध रहेको बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै एनआरएनए एनसीसीहरुसँग समन्वय गरेर आवश्यकताअनुसार सहयोग र रकम परिचालन गरिने जनै। उपलब्ध स्रोतलाई प्रभावित समुदायको वास्तविक आवश्यकता र प्राथमिकताअनुसार उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

बैठकमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का एसिया–प्रशान्त क्षेत्रीय उपसंयोजक भविन्द्र बस्नेतले एनआरएनए थाइल्यान्डले पुनर्निर्माण कार्यका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। उनले प्रवासी नेपाली समुदायको आर्थिक तथा सामाजिक योगदानलाई प्रभावित क्षेत्रको पुनःस्थापनामा परिचालन गर्नुपर्ने पनि बताए ।

देवीघाट ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले स्थानीय समुदायले सामना गरिरहेका समस्या र आवश्यकताबारे प्रकाश पार्दै प्रभावित नागरिकको वास्तविक आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोग परिचालन गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न तत्परता देखाउने सबैलाई धन्यवाद दिए ।

बैठकमा सहभागी स्थानीय जनप्रतिनिधिहरूले एनआरएनएले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनामा देखाएको चासो र सहयोगको प्रशंसा गर्दै स्थानीय आवश्यकताअनुसार सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले देवीघाटस्थित राणा भुवनेश्वरी उच्च माध्यमिक विद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउन एनआरएनए नेतृत्वसमक्ष प्रस्ताव राखेका थिए । मेयर श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा एनआरएनएले देखाएको चासो र सहयोगको प्रशंसा गर्दै स्थानीय आवश्यकता सम्बोधन गर्न प्रवासी नेपाली समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

त्यसैगरी, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले पनि बाढी प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि एनआरएनएले देखाएको सक्रियताको प्रशंसा गरे । उनले राहतसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार र जीविकोपार्जनका क्षेत्रमा दीर्घकालीन सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय गरेर प्रभावित नागरिकको आवश्यकताअनुसार सहयोग परिचालन गर्नुपर्नेमा जोड दिए ।

बैठकमा बाढीपछिको पुनःस्थापनामा स्थानीय सरकारको प्राथमिकता र प्रवासी नेपाली समुदायको सहयोगबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!