उपवास चिकित्सा

SHARE:

नगेन्द्रराज नेम्वाङ

शरीर स्वस्थ रहनका लागि पेट खाली हुनु पर्दछ । मनमा शान्त र आनन्द प्राप्तिका लागि मस्तिष्क खाली हुनु पर्दछ । २४ घण्टामा ६० हजार विचार जन्मिन्छ मनमा, त्यो पनि धेरै जसो नकारात्मक । त्यसैले आनन्द महसुस कम हुन जान्छ । विचारै विचारले मस्तिष्क टन्न भरिन्छ र तनाव सुरु हुन्छ ।

कुरो रह्यो, पेट खाली कसरी हुनसक्छ ? भोक लागीहाल्छ थाम्नै सकिन्न । स्वस्थ र स्वादिष्ट भोजन एक आपसमा शत्रु नै हुन् । स्वादिष्ट भोजन ग्रहण गर्नेबित्तिकै स्वास्थ्यमा गडबढ हुन सक्छ । पेट खाली भन्नाले उपवास गर्नु हो । उपवासले शारीरिक रोग तथा मानसिक समस्या दुवैबाट छुट्कारा पाउन सकिन्छ । उपवास धेरै किसिमका हुन्छन् । फलपूmलको रस, जुस अथवा पानीमात्र पिएर पनि उपवास बस्न सकिन्छ । उपवासको अवधि सुरु सुरुमा १ देखि ३ दिनसम्म लम्ब्याएर आपूmले चाहेअनुसार लामो समयसम्म उपवास बस्न सकिन्छ ।
उपवास बस्दा सुरुका दिनहरुमा मात्र भोकले सताउँछ, त्यसपछि भोकलाई सहने शक्ति शरीरबाट उत्पन्न हुन्छ । भोकलाई सहने शक्ति भएको अवस्थामा आनन्दबाहेक केही आउँदैन । उपवासमा मुख गन्हाउनु, अंगप्रत्यांग दुख्नु, जिब्रोमा सेतो लेदो जम्नु, पिसाब बढी नै पहिलो हुनु । स्वाभाविक हो । यी लक्षण रहुन्जेल शरीरमा विकार अझै बाँकी छ भनि बुझ्नु पर्दछ । जुन दिनमा विकार समाप्त हुन्छ फेरि खुलेर भोक लाग्न थाल्छ । जिब्रो सफा हुन्छ, सास गन्हाउन छोड्छ । पिसाब सामान्य हुन्छ । उपवास गर्दा शरीरको जुन अंग दुख्छ, त्यही बिकार बढी छ भनि बुझ्नु पर्दछ ।

नियमित उपवास गर्नाले बाथ, मुटुको रोगदेखि लिएर क्यान्सरसम्म हुनबाट जोगाउँछ । उच्च रक्तचाप तल झर्छ । शरीरले भोजनबाट पोषण तत्व बढी तान्ने गर्दछ । मानसिक रुपमा प्रस्ट र चनाखो हुन्छ । छालाका दाग र फोहर हट्छ । धुम्रपान, मध्यपान र अन्य मादक पदार्थको लत त्याग्न सजिलो हुन्छ । शारीरिक शक्ति बढाउँछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!