बेलायत – मगर संघ युकेले आगामी सनिवार ५ अप्रिल २०२५ का दिन हुन गैरहेको आठौँ राष्ट्रिय महाधिवेशनको लागि निर्वाचन मण्डल गठन गरेको छ।
उक्त निर्वाचन मण्डलको प्रमुख आयुक्तमा मगर संघ युकेका सल्लाहकार डा. प्रेम आलेलाई नियुक्त गरेको छ भने सचिबमा ट्रष्टी जमुना पुन र सदस्यमा ट्रष्टी हेमा रानालाई नियुक्ति गरेको छ।
मगर संघ युकेले उक्त निर्वाचन मण्डललाई मगर संघ युकेको बिधान अन्तर्गत रहेर निर्वाचनको कार्यतालिका प्रकाशित गर्न र आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिएको छ। उक्त निर्वाचन मण्डललाई अवास्यक परेमा दुइ वटा सदस्य थप्ने सक्ने र ५ जनाको निर्वाचन मण्डल गठन गर्ने अधिकार दिएको छ।






