राष्ट्रपतिसँग शिष्टाचार भेट

SHARE:

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गरे ।

भेटमा उनीहरूबीच नेपाल–जापान सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आजै राष्ट्रपतिसँग नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोस्कीले पनि शिष्टाचार भेट गरे ।

भेटमा नेपाल र पोल्याण्डबीच विद्यमान सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो ।

दुवै भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीका साथै जापान र पोल्याण्ड सरकारका अधिकृतको पनि उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!