सुरेन्द्र इङ्नाम
केन्ट । गत ७ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लन्डनमा किराँत सत्यहाङ महागुरु फाल्गुनन्द समाज बेलायतले यक्वा तङ्नाम (उभौली पूजा) साथै येले तङ्बे (नयाँ वर्ष) धुमधामसँग मनाएको छ ।
सदाको वर्षहरु जस्तै यसवर्ष पनि बेलायतका विभिन्न ठाउँहरुबाट भेला भई यक्वा तङ्नाम (उभौली पूजा) गर्नका लागि समाजले कार्यक्रम आयोजना गरेको हो । सो पूजा से
वामा यक्वा तङ्नाम (उभौली पूजा)लगायत माङ्सेवा (गुरु पूजा) माङ्गेना (शिर उठौनी) र येले तङ्बे (नयाँ वर्ष) पनि एकै समयमा मिलाएर मनाउने गरिन्छ ।
घर बाहिर गरिने सेवा पूजा पाखा फेरो, लाजेदाङ्मा (सृष्टिकर्ता वन देवताको जपकर्म) र चेमनाराको सेवा (गाली सराप बहन्ती संस्कार कर्म) पूजा घर बाहिर तथा खोलाको छेउमा गर्नुपर्ने तर बेलायतमा यहाको फायर हजार्ड र हेल्थ एन्ड सेफ्टीले नमिल्ने भएकोले हलभित्रै सेवा पूजा गरेर पहिलो चरणको पूजा सकिएको थियो ।
त्यसपछि घरभित्र हलमा मण्डप बनाएर मुख्य गुरु रुद्रकुमार तुम्बापोलगायत युमाद्वय कल्पना चेम्जोङ र टीका जबेगुको साथमा यूमा थेबा (बाजे–बोजु) को पूजा गरेपछि यक्वा तङ्नाम सेवा (उभौली पूजा) गरिएको थियो । सम्पूर्ण सेवा पूजाहरु सकेपछि येले तङ्बे (नयाँ वर्ष) मनाइएको थियो ।
सेवा पूजाको अन्यमा प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ केन्द्रीय कमिटीका वर्तमान अध्यक्ष दिलसिङ मेन्याङ्बो, अतिथिहरु ताप्लेजुङ समाज युके तथा किरात याक्थुङ चुम्लुङ बेजिङ्स्टोक शाखाका अध्यक्ष अमृता पालुङ्वा र पाँचथर समाज युकेका अध्यक्ष चन्द्र सुन्दासले आफ्नो मन्तव्य राखेका थिए, त्यसपश्चात ‘किराँत सत्यहाङ महागुरु फाल्गुनन्द समाज’का अध्यक्ष दीपक तुम्बापोले सम्पूर्ण अतिथि, पहुनालगायत सेवापूजामा भक्तजनहरुलाई धन्यवाद ज्ञापन गरेपछि सेवा पूजा सकिएको थियो ।
उभौली र उधौली चाड वर्षमा एक÷एक पटक किरात समुदायले पर्वको रुपमा मनाउने गरिन्छ । बाली लगाउने बेला चैत्र–वैशाखमा यक्वा तङ्नाम
(उभौली पूजा) गरिन्छ भने बालीनाली कार्तिक–मंसिरमा बाली पाकेपछि चासोक तङ्नाम (न्वागी पूजा) मनाउने प्रचलन छ । यसैको रुपमा यो चाड मनाउने परम्परा चलिआएको हो । उभौली र उधौली किरात समुदायको मुख्य चाड हो । बिहान १० बाट सुरु भएर दिउँसो ४ बजे सकिएको सेवा पूजालाई सचिव भगीरथ जबेगुले सञ्चानल गरेका थिए ।






