बिदा माग्दै जनजाति सडक ओर्लिए [फोटोफिचर]

SHARE:

काठमाडौँ । आदिवासी जनजातिले आफ्ना चाडहरुमा दिइँदै आएको सार्वजनिक बिदा पुनर्स्थापनाको माग गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय समुदायले बुधबार दिउँसो माइतीघर घेराउसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले धर्मनिरपेक्षता कायम गर, राष्ट्रिय पर्व बिदा कायम गर, सांस्कृतिक विभेद अन्त्य गरजस्ता नारा लगाएका थिए ।

गुरुङ, तामाङ, शर्पा समुदायको तमु, सोनाम, ग्याल्बो ल्होछार, किरात समुदायको चासोक तङनाम, उधौली, उभौली, मगरलगायतका माघी पर्व, माघे संक्रान्तिको सार्वजनिक बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्नेजस्ता प्लेकार्ड, जातीय संस्थाहरुको झन्डा, व्यानरसहित कार्यक्रममा सहभागी भएका थिए । विरोध कार्यक्रमपछिको कोणसभामा वक्ताहरुले निर्धनिरपेक्ष मुलुकमा आफ्ना समुदायको चाडपर्वको बिदा कटौती गरेर राज्यले सांस्कृतिक विभेद गरेको आरोप लगाए । उनीहरुले सरकारले बिदा कटौतीको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने समेत चेतावनी दिए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्) का अध्यक्ष रेशम गुरुङलगायतले सम्बोधन गरेका थिए ।

गत चैत दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिने निर्णय गरेको थियो ।






SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!