‘केही चुनौती भएपनि मुलुकको अर्थतन्त्र बलियो’

SHARE:

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही चुनौती भएपनि मुलुकको अर्थतन्त्र बलियो रहेको दाबी गरेका छन् ।

बजारमा आएको जस्तो कमजोर अर्थतन्त्र नरहेको उनको भनाइ छ ।

सरकारी पूर्णस्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ५४औं वार्षिकोत्सवमा डेपुटी गभर्नर शिवाकोटीले अर्थतन्त्र सक्षम रहेको दाबी गरे ।

उनले कर्जा र निक्षेपबीच सन्तुलन नभएको, बढ्दो व्यापार घाटा, शोधनान्तर घाटा, विदेशी विनिमय सन्चिती घट्दोक्रममा हुँदा चिन्ताको विषय भएको पनि बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ७७ ओटै जिल्लामा शाखा विस्तार गर्न सफल भएको बताए । ७७ ओटै जिल्लामा पुग्ने वाणिज्य बैंकमध्ये यो बैंक पहिलो हो ।

२०६० सालमा २२ अर्ब ऋणात्मक रहेको बैंकको पुँजीकोष २०७५ पुस मसान्तमा करिब २२ अर्बले नै धनात्मक भएको उनले बताए ।

२०७५ पुस मसान्तसम्ममा निक्षेप एक खर्ब ८२ अर्ब, कर्जा लगानी एक खर्ब ३४ अर्ब, ट्रेजरी बिल तथा अन्य लगानी ४५ अर्ब पुगेको बैंकले जनाएको छ ।

एक अर्ब ९६ करोड खुद नाफा गरेको बैंकको कुल सम्पत्ति दुई खर्ब ४ अर्ब पुगेको जनाइएको छ ।

बैंकको कुल ग्राहक संख्या ३० लाख बढी पुगेको बैंकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!