तमु सांस्कृतिक प्रतिष्ठानको १७ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान सम्पन्न

SHARE:

हुम तमु
पोखरा । उच्च शिक्षा हाम्रो लक्षका साथ क्रियाशील तमु सांस्कृतिक प्रतिष्ठान नेपालको आइतबार पोखरामा १७ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान, एवं विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्दै मुलुकलाई अब निर्माणको नेता चाहिएको आवाश्यक भएको बताए । उनले धेरै मुलुकमा क्रान्तिका नेताहरु भए पनि निर्माणको नेता अभाव देखिएजस्तै नेपालमा धेरै क्रान्ति सम्पन्न भएकाले अब निर्माणका नेता आवाश्यक भएको बताए ।
मुलुक निर्माणका लागि नेताहरुले व्यवहार सुधार्नुपर्छ भन्दै नेपालका निर्माणका नेताको खाँचो रहकोमा जोड दिए । उनले भने, ‘हामी सुनको डसनाका सुतेर भिखारी बनेका छौं, शैक्षिक क्षेत्रमा तमु सांस्कृतिक प्रतिष्ठानले जस्तै योगदान अन्य क्षेत्र अरुले दिए मुलुक समृद्धतर्फ लम्कन समय नलाग्ने बताए ।

तमु सांस्कृतिक प्रतिष्ठानको योगदानको पशंसा गर्दै उनले अब तमु सांस्कृतिक प्रतिष्ठान होइन भूमिकाका हिसाब शैक्षिक प्रतिष्ठानको रुप निर्माण गरेको बताए ।

मुख्यमन्त्री गुरुङले क्षमता विकासका लागि, प्रतिष्पर्धा बन्नका लागि, मुलुकको नेतृत्व सम्हाल्नका लागि सोझा र मनोरञ्जनमा रमाउने होइन ब्राम्हण जस्तै शिक्षामा जोड र परिश्रमी बन्नुपर्ने सुझाव दिए । यसैक्रमका उनले क्होला सोंथर भ्रमण गरी फर्केको तमुधिं युके समूह र निर्वाचनमा आफूलाई विदेशबाट सघाउने सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।

स्काइपबाट सम्बोधन गर्दै एनआरएनका निर्वतमान अध्यक्ष डा.शेष घलेले विद्यार्थीलाई शिक्षाको अवसर र वातावरण प्रदान गरिरहेकोमा प्रतिष्ठानको प्रशंसा गरे । उनले विगतमा आफ्नो तर्फबाट १० जना विद्यार्थीलाई प्रतिष्ठान मार्फत छात्रवृत्ति प्रदान गर्दै आएकोमा अब थप १० जना गरी २० जनाका लागि छात्रवृत्रि प्रदान गर्ने घोषणा गरे । प्रतिष्ठानलाई सुझाव दिँदै शिक्षाका अवसरका लागि श्रोतले भ्याएसम्म तमु मात्रै होइन सबै जातिलाई छात्रवृत्ति दिने व्यवस्था राम्रो हुने बताए । उनले परिवार, समाज र मुलुक समृद्ध बनाउन पुरुष बराबर महिलालाई अवसर दिनुपर्दछ, यसो नगरे आफैलाई नोक्सानी हुने बताए ।
कार्यक्रमका सम्मानित तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले तमु सांस्कृतिक प्रतिष्ठानको योगदानलाई राज्यले मुल्यांकन नगरेकोमो गुनासो गर्दै तमु साँस्कृतिकको ठाउमा नेपाल साँस्कृतिक नेपाल नाम भएको भए राज्यले नजर पर्ने थियो भने ।
प्रतिष्ठानको असल अभियानका लागि तमु धिं युकेले महत्वका साथ वार्षिक कार्यक्रमका राखेर विद्यार्थीहरुलाई वर्षेनी छात्रवृत्ति बृद्धि गर्दे गएको जानकारी दिए ।
गुरुङ भाषामा पिएचडि गरी घनबहादुर स्मृति पुरस्कारबाट सम्मानित बुद्धिराज खनियाले गुरुङ भाषा, सँस्कृति, जातिका लागि आफु थप योगदान दिन तयार रहेको बताए ।

उच्च शिक्षा छात्रवृत्ति प्राप्त शिला गुरुङले विद्यार्थीलाई पठनपाठनमा अघि बढ्न सहयोग, उचित वातावरण र हौसला आवाश्यक रहेकोमा प्रतिष्ठानले आफुहरुलाई अभिभाकत्व प्रदान गरेको भन्दै आभार व्यक्त गरे ।

छात्रवृत्ति प्राप्त विद्यार्थी प्रिया गुरुङले मन्तव्य व्यक्त गर्दैै प्रतिष्ठान तमु विद्यार्थीको सारथी तथा प्रोत्साहित संस्था बनेको बताइन् । अब तमु मात्रै होइन सबै जातिलाई छात्रवृत्ति प्रदान गर्न सके प्रतिष्ठानको क्षेत्र फराकिलो हुने उनले बताइन् ।
प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङले प्रतिष्ठानको उद्देश्य र गतिविधीबारेमा जानकारी गराउँदै तमुधिं युकेको योगदानको विशेष सम्मान व्यक्त गरे ।

कार्यक्रमका डा.शेष घलेलाई अभिनन्दन, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङलाई विशेष सम्मान, डा.बुद्धिराज खनियालाई धनबहादुर स्मृति पुरस्कार, राजबहादुर गुरुङलाई पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार, ज्ञानबहादुर थापालाई क्या. मिनबहादुर तमु स्मृति पुरस्कार, मिना तमुका बुबा उत्तरसिंह तमुलाई उत्कृष्ट आमा पुरस्कार, शिला तमुलाई उच्च शिक्षा छात्रवृत्ति वितरण गरिएको थियो ।

यसरी नै कार्यक्रममा तमुधिं युकेको तर्फबाट क्होला सोथर अध्ययन भ्रमण गरी फर्केको समुहलाई प्रतिष्ठानले सम्मान गरेको थियो भने सम्मानित ज्ञानबहादुर थापाले गीत प्रस्तुति, हिमाली साँस्कृतिक परिवारका कलाकार, प्रतिष्ठानबाट छात्रवृति प्राप्त कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए । प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका सचिव श्रीजंग गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

यसरी नै कार्यक्रममा तमु धिं युकेद्धारा प्रतिष्ठानका लागि युकेमा आयोजित च्यारिटीमा छात्रवृत्ति प्रदान गर्ने दाताहरुले सहयोग हस्तान्तरण र सहयोगीहरुलाई सम्मान, यस्तै गरी मुलु अक्षयकोषका दाताहरुलाई सम्मान गरिएको थियो भने प्रतिष्ठानका आजीवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!