Highlights

नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले मंगलबार बसेको मन्त्रिपरिषद्

पूर्वमन्त्री आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रौतहट । जिल्ला अदालत रौतहटले राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनी विरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि

लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई आज पाटन क्याम्पसका

बङ्गलादेशका राष्ट्रपति हमिद नेपाल भ्रमणमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपु्गेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत

परराष्ट्रमन्त्री ज्ञवालीको ठहर, ‘कालापानीमा भारतले बलमिच्याइँ गर्‍यो’

काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सीमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उनले बताए । सत्तारुढ नेपाल कम्युनिस्ट

टुँडिखेलमा मानवसाङ्‍लो बनाएर अतिक्रमणको विरोध

काठमाडौं । अतिक्रमणमा परेको विरोधमा टुँडिखेल मानवसाङ्‍लोले घेरिएको छ। शनिबार बिहानैबाट अक्युपाई टुँडिखेल अभियानअन्तर्गत जनतासँगै विभिन्‍न विशिष्ट व्यक्ति टुँडिखेल पुरेर मानवसाङ्‍लो बनाएर अतिक्रमणको विरोध जनाइरहेका छन्। विभिन्‍न समयमा सरकार र गैर सरकारी क्षेत्रबाट टुँडिखेल अतिक्रमण

बलात्कार आरोपी महराबारे प्रचण्ड बोले, ‘गल्ती गरेकै हुन्’

दाङ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन् । प्रेस संगठनले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानुनीरुपमा उचित कारवाही हुनुपर्ने

नेकपाद्वारा सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस, नेता नेपाल रिसाए

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सातवटै प्रदेशका लागि प्रमुखहरुको नाम छानेको छ । सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले चयन गरेका नामहरु सोमबार नै बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

सुनकोसीमा बस दुर्घटना : मृतकको संख्या १७ पुग्यो [अपडेट]

काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका बागखोरबाट काठमाडौंका लागि छुटेको यात्रु बस अरनिको राजमार्गको सुकुटे नजिकै आइतबार मध्यान्ह सुनकोसी नदीमा खस्दा घ महिने शिशुसहित १७ जनाको मृत्यु भएको छ । कम्तीमा ५२ जना घाइते भएका छन्

कीर्तिमानी आरोही निर्मल पुर्जाको विमानस्थलमा भव्य स्वागत

काठमाडौं । नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महीनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान बनाएर

अजरबैजानमा प्रधानमन्त्री ओलीले भेटे पाकिस्तानी राष्ट्रपति र बङ्गलादेशी प्रधानमन्त्री

बाकु (अजरबैजान) । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शनिबार बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ । यहाँ भइरहेको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेटघाट भएको हो । भेटघाटमा

error: Content is protected !!