पुनमद्वारा एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी घोषणा, ५०१ जनाको प्रचारप्रसार समिति गठन

SHARE:

एटा संवाददाता
अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदमा पुनम गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । उनले गत आइतबार २३ जुनका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजित घोषणा सभामा आगामी नवौं कार्यसमितिको अध्यक्ष पदमा आपूmले उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

एनआरएनए यूकेले नयाँ कार्यसमिति चयनका लागि आगामी सेप्टेम्बर महिनाको १४ तारिखका दिन महाधिवेशन आयोजना गर्ने निर्णय गरेलगत्तै विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी घोषणा गरिरहेको अवस्थामा वर्तमान उपाध्यक्ष पुनम गुरुङले पनि बेलायतस्थित नेपाली पत्रकार, नेपाली संघसंस्था र बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको विशेष उपस्थितिमा सो घोषणा गरेकी हुन् ।

कार्यक्रममा उनले एनआरएनएको स्थापना र महत्वको चर्चा गर्दै एनआरएनको अभियानलाई अझै मजबुत बनाई अघि बढ्नुपर्नेमा जोड दिँदै भनिन्, ‘म एनआरएन यूकेलाई अझै प्रभावकारी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धताहरुसहित अध्यक्ष पदको प्रत्यासी बनेकी छु ।’ उनले ‘समृद्ध नेपालको लागि प्रवासी नेपालीको सहभागिता, समावेशी र कुशल नेतृत्व एनआरएनको आवश्यकता भन्ने मूल नारा तय
गरेकी छन् ।

विभिन्न संघसंस्थामा आवद्ध भई समाजसेवा आवद्ध हुँदै आएकी एनआरएनए यूके नवौं कार्यसमितिको अध्यक्ष पदकी प्रत्यासी गुरुङले, आप्mनो कार्यकालमा गरेकी कामहरुको फेहरिस्त सुनाउँदै, ‘यस संस्थालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन र “महिलाहरुले पनि नेतृत्व लिन सक्छन् है” भन्ने कुरालाई सशक्त रुपले स्थापित गर्न एनआरएनए यूकेको अध्यक्षमा निर्वाचित भई काम गर्न थप आत्मविश्वासी बनाएको छ’ भन्दै अध्यक्ष पदमा अत्यधिक मतले विजयी गराईदिनुहुन अनुरोध गरिन् ।

राष्ट्रिय हित, सामुदायिक हित, नेपाली राष्ट्रिय पहिचानको प्रवद्र्धन, मानवीय र कल्याणकारी कामको समसामयिक विषय, सांगठनिक सुदृढीकरण र पारदर्शिताको सवालमा केन्द्रित उनको प्रतिबद्धतामा नेपाली नागरिकताको निरन्तरता, समृद्ध नेपाल निर्माणमा अग्रसरता, नेपाल भ्रमण वर्ष २०२०, सामूहिक लगानी कोषको निर्माण, नेपाली–ब्रिटिस समुदायबीच प्रगाढ सम्बन्धलाई प्रबद्र्धन गर्ने, भूपू गोर्खा सैनिकको आन्दोलनमा साथ दिने, महिला सशक्तीकरण र महिला उद्यमशिलताको विकासमा जोड दिने, खेलकुद, अनुशासन र विकासमा जोड दिने, युवकहरुमा आत्मविश्वास बढाउन आवश्यक पहल गर्ने, बौद्धिक ज्ञान र प्रविधिको हस्तान्तरण अभियानको थालनी गर्ने, नेपाली संघसंस्था बीचको एकतालाई सुदृढ बनाउने, बेलायतमा नेपाली व्यापार र उद्यमशिलताको प्रवद्र्धन गर्ने, बेलायतको जनगणनामा नेपालीको पहिचान स्थापित गराउन आवश्यक पहल गरिने, एनआरएनको नेपाली घर निर्माण अभियानलाई अगाडि बढाउने, नेपालीको मौलिक भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्ने, परोपकारी कार्य गर्ने, गैरआवासीय नेपालीलाई मतदानको अधिकार दिलाउने आवश्यक पहल गर्ने, एनआरएनए मन्त्रालयको माग गर्ने, संघको दैनिक काम कार्यालयबाट सञ्चालन गरिने, संगठनलाई व्यवस्थित गरिने, एनआरएन यूकेको मुखपत्र प्रकाशन गर्ने, आर्थिक पारदर्शिता बनाउने लगायतका विषय समेटिएका छन् ।

‘पुनम गुरुङ जिताऔं अभियान’ का संयोजक एवं कार्यक्रमका अध्यक्ष ले.रि.चन्द्र गुरुङले एनआरएनए यूकेलाई सशक्त ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिँदै त्यसका लागि सफल नेतृत्वको खाँचो भएको र सो नेतृत्व गर्न सक्ने क्षमता पुनम गुरुङमा भएको दाबी गरे । उनले पुनम गुरुङ एक असल गृहणी, सफल व्यवसायी र अनुभवी समाजसेवी भएको विश्वास व्यक्त गर्दै एनआरएनए यूकेको इतिहासमा पहिलोपटक महिला नेतृलाई निर्वाचित गराउने अभियानलाई सफल पार्न ५ सय १ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको जानकारी दिए ।

घोषणासभामा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र एनआरएन अभियन्ताहरु लन्डन, अल्डरसटबाहेक मिडल्यान्ड, फोक्सटन, कोल्चेस्टर वेल्स लगायतका क्षेत्रबाट उपस्थित भएका थिए । सो अवसरमा महासचिवका प्रत्यासी फडिन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगी मगर, अनलाइनखबरका पत्रकार मातृका पौडेल, एनआरएन आइसीसी सदस्य रामशरण सिम्खडा, जनजाति महासंघ यूके अध्यक्ष जंग सुनुवार, फोनिज यूके अध्यक्ष प्रमिला लाबुङ्ग राई, एनआरएनए आइसीसी समाचार संयोजक चिरन शर्मा, एनआरएनए आइसीसी सदस्य शान्ति थापा कुँवर, साझा नेपाली समाज यूकेका पूर्वअध्यक्ष रणबहादुर केसी तथा मिडल्यान्डका उम्मेदवारहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर (कृष्ण) ढकाल, विष्णु चालिसे र गोमा पौडेल लगायतले उनलाई सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै, ग्रेटर रश्मोर नेपाली कमयुनिटी अध्यक्ष जीव बेल्वासे, तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङ, मगर संघ यूके अध्यक्ष ले.रि. सुनिल राना, तमु प्ये ल्हु संघ यूके अध्यक्ष मेजर खुशीमान गुरुङ एमभिओ, तमु समाज यूके अध्यक्ष शिवचन्द्र गुरुङ, गेसो अध्यक्ष कृष्णकुमार राई, एनआरएन अभियन्ताहरु कृष्ण तिमल्सेना, थर्क सेन, एशियन महिला एशोसिएसन (आमा) अध्यक्ष विभा गुरुङ, पासा पुचः साउथ ईस्ट लन्डनका सुशील प्रजापती, नेपाली समाज कोल्चेस्टर अध्यक्ष मेजर उदय गुरुङ, मिसेस नेपाल यूके डाईरेक्टर मनिषा डंगोल श्रेष्ठ, लेबर पार्टीकी आकांक्षा गुरुङ, ग्रिनविच नेपाली समाज अध्यक्ष हरिगोविन्द गुरुङ, साउथ ईस्ट रिजनल तमुधिं लन्डन पूर्वअध्यक्ष श्रीचन्द्र गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाज यूके उपाध्यक्ष थम विक, मिस यूके नेपालकी सल्लाहकार नन्दकुमारी गुरुङले मन्तव्य राखेका थिए ।

यस्तै चारभञ्ज्याङ्ग तमु समाज अध्यक्ष मेजर कृष्ण गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूके अध्यक्ष नरेश गुरुङ, तमु फोरम यूके डाईरेक्टर क्या. राजु गुरुङ, यति एशोसिएसन उपाध्यक्ष वाचस्पति रेग्मी, समाजसेवी थर्क राना, तमुधिं यूके सल्लाहकार डा. चन्द्र गुरुङ, एकेन्द्र गुरुङ, रामबजार सोसाईटी यूके अध्यक्ष जुमकाजी गुरुङ, तमुधिं उपाध्यक्ष हरि गुरुङ लगायतले पुनम गुरुङले एनआरएनए यूकेलाई सही नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

समाजसेवी ले.रि.चन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न करिब ४०० जनाको उपस्थिति रहेको कार्यक्रमलाई योगेश गुरुङले सञ्चालन गरेका थिए ।
स्मरण रहोस्, एनआरएनए यूकेको महन्त श्रेष्ठ, अशोक श्रेष्ठ, मेजर डमर घले, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, महेन्द्र कँडेल, मुछेत्र गुरुङले नेतृत्व गरिसकेका छन् भने अहिले योगकुमार फगामीले नेतृत्व गरिरहेका छन् ।

यसपटक वर्तमान कार्यसमिति उपाध्यक्ष प्रेम गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने एक कार्यक्रम आयोजना गरी घोषणा गरिसकेका छन् । त्यस्तै, उपाध्यक्ष शेर सुनार, सुशीला राई र ललित न्यौपाने पनि औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ ।

बेलायतमा करिब १ लाखभन्दा बढी नेपाली बसोबास रहेको विश्वास गरिए तापनि यसभन्दा अघिको महाधिवेशनमा ३ हजार ६ सय ४४ जनाले मात्र गैरआवासीय नेपाली संघ यूकेको सदस्यता लिएका थिए । यसपटक भने १० हजार सदस्यता पु-याउने बर्तमान कार्यसमितिले लक्ष्य राखेको छ ।

सोही अनुरुप अध्यक्ष लगायत विभिन्न पदका प्रत्यासीहरु सदस्यता बनाउन बेलायतका विभिन्न सहरमा पुग्ने गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!