पत्रकार र नेपाली अगुवाहरुबीच लन्डनमा अन्तरसंवाद

SHARE:

एटा संवाददाता
लन्डन । नेपालबाट आएका वरिष्ठ पत्रकार तथा बेलायतस्थित नेपाली अगुवाहरुबीच अन्तरसंवाद भएको छ । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा गत शनिबार २२ जुनका दिन लन्डनको ह्यारो बरो फुटवल क्लबमा आयोजित कार्यक्रममा नेपालबाट आएका वरिष्ठ पत्रकार र बेलायतस्थित नेपाली समाजका अगुवाहबीच अन्तरसंवाद गरेका हुन् ।

नेपालबाट निजी भ्रमणमा बेलायत आएका नेपाल प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारी, अनलाइन खबर डटकमका समाचार सम्पादक मातृका पौडेल र नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य तथा पूर्वपत्रकार तथा एनआरएन अभियन्ता संगीता मरहट्टाको सहभागितामा बेलायतस्थित नेपाली संघसस्थाका अगुवाहरुबीच अन्तरसंवाद गरिएको हो ।

सो अवसरमा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले सामाजिक संस्थाहरुबीच हातेमालो जरुरी रहेको बताए । उनले एनआरएनएले समाजमा खेलेको राम्रा कामलाई पत्रकारिताले विश्वभर फैलाउन मद्दत गरिरहेकोमा धन्यवाद दिए । अध्यक्ष फगामीले आगामी दिनमा पनि एनआरएनए र पत्रकारबीच सहकार्य जरुरी रहेकाले यस्ता अन्तरसंवादलाई जारी राख्नुपर्नेमा जोड दिए । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले औपचारिक कार्यक्रममा मात्र सीमित नरही अनुसन्धानमूलक समाचार सम्प्रेषणका लागि पत्रकारहरुलाई आग्रह गरे । तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले तमुधिं यूके पत्रकारसँग हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ यूकेका सल्लाहकार भागीरथ योगीले प्रवासमा नेपाली मिडिया, मिडिया काउन्सिल विधेयक, प्रवासीका समाचारलाई नेपाली सञ्चारमाध्यममा सिधा पहुँचका विषयमा समूहगत छलफल चलाएका थिए । जसमा प्रेस काउन्सिलका सदस्य भण्डारी, पत्रकारहरु पौडेल, आचार्य र संगीता मरहठ्ठाले भाग लिएका थिए । अन्तरसंवादमा फ्लोरबाट उठाइएका प्रश्नहरुको चारै जनाले जवाफ दिएका थिए ।

अन्तरसंवादमा जनप्रगतिशील मञ्च यूकेका अध्यक्ष सुरेश गौतम, तमुधिं यूकेका पुर्वअध्यक्ष ज्ञाम गुरुङ, सोलिसिटर राजु थापा, एनआरएनए उपाध्यक्षहरु पुनम गुरुङ, प्रेम गाहामगर, आइसीसी सदस्य रामशरण सिंखडा, एनआरएनए अभियन्ता कृष्ण तिमल्सेना, समाजसेवी आरती श्रेष्ठ, सरस्वती केसी, कलाकार सनम वैराग, सिर्जनशील नेपाली समाज यूकेका पुर्वअध्यक्ष धनवहादुर सार्की, गुल्मी समाज यूकेका अध्यक्ष टोप पल्ली, पूर्वअध्यक्ष राम गलामी, नेपाल प्रेस युनियन यूकेका अध्यक्ष विपिन निरौला, पत्रकार राजेन्द्र भट्ट, नेप्लीज सेफ एसोसिएसनका अध्यक्ष दधि आचार्य, व्यवसायी कमल पौडेल, व्यवसायी कृष्ण तिवारी, नेप्लीज ब्रिटिस कम्युनिटीका अध्यक्ष मिलन घिमिरे, साहित्यकार खगेन्द्र नेपाली, बन्र्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङ, पत्रकार फडिन्द्र भट्टराई, व्यवसायी विष्णु खरेल, समाजसेवी क्षमता ढकाल, कमला राना लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक तथा नेपाल पत्रकार महासंघ यूके शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले अन्तरसंवादले सामाजिक अगुवा र पत्रकारलाई एकअर्कामा बुझ्न सजिलो हुने विश्वास लिएको बताए । महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा सम्पन्न अन्तरसंवादको सञ्चालन महासंघ यूके शाखाका महासचिव सञ्जयभक्त कँडेलले गरेका थिए । अन्तरसंवाद कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुव अर्यालले धन्यवाद ज्ञापन गरे भने महासंघ यूके शाखाका अध्यक्ष मगरले सहभागी सबैप्रति कार्यक्रममा सक्रियतापूवर्क सहभागिता जनाएकोमा आभार प्रकट गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!