जुलाई ४ मा इम्पावरमेन्ट ईभेन्टको पाँचौं शृंखला

SHARE:

एटा संवाददाता
अल्डरसट । कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि मानिसको मस्तिष्क, शरीर र आत्माको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसका लागि मानिस हरेक कुरामा सशक्त हुन जरुरी छ र मानिसलाई सशक्त बनाउन ज्ञानले महत्वपूर्ण भूमिका खेल्दछ ।

इम्पावर के हो ? र, यसको महत्व र आवश्यकताबारे एकअर्कामा अनुभवहरु आदानप्रदान गर्ने उद्देश्य साथ गत ५ महिनादेखि प्रत्येक महिना आयोजना गरिँदै आएको इम्पावरमेन्ट ईभेन्टको पाँचौं श्रृखंला आउँदो बिहीबार ४ जुलाई साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिने भएको छ ।

माउसटेल वेभ सर्भिसेस् र गोर्खा इन्फरमेशन म्यानेजमेन्ट लिमिटेडले संयुक्त रुपमा आयोजना, एम्पायर हल र गोर्खा मिडियाको सहयोगमा सम्पन्न हुन लागेको कार्यक्रमलाई फाइनान्सिल प्लानिङ्ग सलुसनबारे फाइनन्सीलय एडभाईजर थमसले पावर पोइन्ट प्रिजेन्टेशन दिनेछन् । उनले इन्भेष्टमेन्ट र पेन्सनसम्बन्धी विस्तृत जानकारी दिने भएका छन् ।

त्यस्तै, कार्यक्रममा विपशना ध्यान, मनोक्रान्ति योगा, थाइची लगायतको बिषयमा अनुभव आदानप्रदान गरिनेछ । सो ईभेन्टमा सहभागी भई एकअर्कामा अनुभवहरु आदानप्रदान गर्न आयोजकले अनुरोध
गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!