काउन्सिलर केसी पुगे नर्सिङ्ग होम

SHARE:

एटा संवाददाता
लन्डन । रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसीले अल्डरसटस्थित मेपल हाउस नर्सिङ्ग होममा उपचाररत नेपालका भूतपूर्व माननीय नन्दजङ्ग गुरुङको स्वास्थ्य स्थिति बुझेका छन् ।

गत शनिबार २९ जुनका दिन उनलाई भेट्न उनीसँगै स्थानीय काउन्सिलर जोननार्थनसमेत सो नर्सिङ्ग होम गएका थिए । भेटको अवसरमा भूपू माननीय गुरुङले काउन्सिलरद्वयलाई आशीर्वाद दिए । त्यस्तै, काउन्सिलर केसीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

उनी नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायतका उपाध्यक्ष तर्कजंग गुरुङका बुवा पनि हुन् । लामो समयदेखि बिरामी गुरुङको स्थानीय केयर होममा उपचार भइरहेको छ ।
कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङ गाउँमा जन्मिएर पोखरा शितलदेवीमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका गुरुङ तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्च हुँदै माननीयसमेत भएका थिए । उनी केही वर्षदेखि छोरा तर्कजङ्ग गुरुङसँग बेलायतमा बस्दै आएका छन् ।

उनी राजनीतिककर्मी सँगसँगै गुरुङहरुको भाषा, संस्कार, संस्कृति र रीतिरिवाजको सिद्धहस्त जानकारसमेत छन् । गुरुङ समुदायमा विवाह, पुटपुटे, अर्घो गर्दा शुभ लगन, शुभ दिन किटान गरिदिने वरिष्ठ ज्योतिषी (पैडी) पनि हुन् । त्यस्तै, गत शुक्रबार सहारा यूके अध्यक्ष कुमार गुरुङ, महासचिव धनु थकाली र फोटो पत्रकार मिलन तमुसमेत उनलाई भेट्न सो नर्सिङ्ग होम पुगेका थिए ।

प्रवेश केसी निर्वाचनअघि आफ्ना एजेन्डासहित घरघरमा पुग्ने गर्थे त्यसरी नै विजयीपश्चात् पनि जनताको समस्या बुझ्न घरघरमा पुग्नेक्रममा भूपू माननीय गुरुङको स्वास्थ्य स्थिति बुझ्न केयर होम पुगेका हुन् । काउन्सिलर केसी नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएको रस्मोर बरो काउन्सिलअन्र्तगत वेलिङ्गटन वडा अल्डरसटबाट गत ३ मे मा सम्पन्न स्थानीय निर्वाचनबाट कन्जरभेटिभ पार्टीको काउन्सिलरमा निर्वाचित भएका हुन् । उनी संभवत यस काउन्सिलका पहिलो नेपाली मूलका काउन्सिलर हुन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!