एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा निकै परिचित चारभन्ज्याङ तमु समाज यूकेको समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
गत आइतबार ३० जुनका दिन सेमलकोडी कलेज फार्नबरोमा चारभन्ज्याङ तमु समाज यूकेको समर भेटघाट सम्पन्न भएको हो । कार्यक्रमलाई नेपाली दूतावास लन्डन थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, समाजका अध्यक्ष मेजर कृष्णबहादुर गुरुङ, संरक्षक नारायण कोन्मे, एनआरएनए उपाध्यक्ष पुनम गुरुङ, आमा अध्यक्ष शान्ति गुरुङ, सिनीयर सदस्य गणेश गुरुङले संयुक्त रुपमा द्विप प्रज्वलन गरी सुरु गरेका थिए ।
त्यस्तै, कार्यक्रममा समाजको उपाध्यक्ष मदन गुरुङले सम्पूर्ण अतिथि र ज्वाइँ चेलीबेटीहरुलाई हार्दिक स्वागत गर्दै चिसापानी स्कुलमा समाजले निर्माण र समुद्घाटन कार्यक्रम सम्पन्न भएको जानकारी गराए । समाजको उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि तेजेन्द्रद्ररेग्मी, तमुधिं अध्यक्ष नन्दजङ्ग गुरुङ, एनआरएनए उपाध्यक्ष पुनम गुरुङ, नन्दकुमारी गुरुङ अध्यक्ष तमु समाज बेल्जियम र संरक्षक नारायण कोन्मेले समाजले यूके र नेपालमा गरेको कामको प्रशंसा गरेका थिए । सो अवसरमा एनआरएनए उपाध्यक्ष पुनम गुरुङले आपूm एनआरएनए यूकेको अध्यक्षको प्रत्यासी भएको जानकारी गराउँदै सहयोग गर्न आग्रह गरिन् । समाजको अध्यक्ष मेजर कृष्णबहादुर गुरुङले सम्पूर्ण अतिथि र ज्वाइँ चेलीबेटीहरु, सहयोगीहरुलाई हार्दिक स्वागत र धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा टेलिमेडिसीन सेन्टर नेपालका सहयोगी अक्षयकोष सहयोगार्थ सदस्यहरुलाई प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो । त्यस्तै, खेलकुद, नानीहरुको नृत्य, प्रिती आले र पवन रानाको स्टेज गीतले भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा समाजको निमन्त्रणामा नेपालबाट आएका धर्मगुरु पारसिङ गुरुङलाई बिदाइ गरिएको थियो ।
गे्रटर रस्मोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे, समाजका संस्थापक अध्यक्ष ले. नारायण गुरुङ, पूर्वअध्यक्ष ले चन्द्रबहादुर गुरुङ, तमुधिं यूके निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, सहारा यूके उपाध्यक्ष ले. कुशाङकुमार गुरुङ, तमुधिं उपाध्यक्ष हरि गुरुङ, लन्डन इकाई अध्यक्ष चन्द्रबहादुर गुरुङ, बिसीसी लन्डन अध्यक्ष गमरसिं घले, समाजका सल्लाहकारहरु, सदस्यहरु, ज्वाइँ चेलीबेटीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम महासचिव दुर्गाबहादुर गुरुङले सञ्चालन गरेका थिए । डिजे सन्तोष गुरुङ, गोरखा किचेनका प्रबन्धक भिम गुरुङ लगायतलाई अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।






