दूतावास र तमुधिंबीच नेपाली मेला तयारी छलफल

SHARE:

एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त चर्चित ‘नेपाली मेला’ तयारीबारे नेपाली राजदूतावास लन्डन र आयोजक तमुधिं यूकेबीच छलफल भएको छ ।

गत बुधबार २६ जुन साँझ नेपाली राजदूतावास लन्डनमा सो छलफल भएको हो । आगामी २५ अगस्टका दिन लन्डनस्थित केम्पटन पार्कमा आयोजना गर्न लागेको एघारौं नेपाली मेलालाई अझ कसरी व्यवस्थित रुपले सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित छलफलमा नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले नेपाली दूतावासले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताए । उनले नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धनमा नेपाली मेलाले खेल्दै आएको भूमिकाबारे चर्चा गर्दै दूतावासले व्यापक रुपमा मेलाको विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा सक्दो सहयोग गर्ने वचन दिए । साथै, उनले यसपटक पनि सदाझंै बेलायतस्थित विदेशी कूटनैतिक अधिकारीहरुलाई निमन्त्रणा गर्ने जानकारी गराए । त्यस्तै, उनले मेलामा भिजिट नेपाल २०२० को समेत प्रचारप्रसार गर्नुपर्ने सल्लाह दिँदै भिजिट नेपालको इलेक्ट्रोनिक प्रचार सामग्री आयोजक तमुधिं यूकेलाई प्रदान गरे ।

सो अवसरमा नेपाली मेला आयोजक संस्था तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङले मेलालाई अझ व्यवस्थित र आकर्षक बनाउन आपूmहरुले सक्दो प्रयत्न गर्ने बताए । साथै, उनले नेपालबाट केही सेलिब्रेटीहरुलाई निमन्त्रणा गर्ने योजना रहेको बताउँदै यसपटक बढीभन्दा बढी युवाहरुलाई सहभागी गराउन आवश्यक पहल भइरहेको समेत जनाए । त्यस्तै, मेला संयोजक एवं तमुधिं यूके उपाध्यक्ष जुमकाजी गुरुङले मेला बिहान साढे १० बजेबाट सुरु गरिने र करिब १२ः४५ देखि झाँकी प्रदर्शन गरिने लगायत कार्यक्रमको रुपरेखा प्रस्तुत् गरे । साथै, उनले यसपटक प्रदान गरिने पुरस्कारको राशिबारे समेत जानकारी गराए ।

तमुधिं यूकेको आयोजना र नेपाली राजदूतावास लन्डनको सहयोगमा सम्पन्न हुँदै आएको मेलाको तयारीबारको छलफलमा नेपाली दूतावास लन्डनका सेकेण्ड सेक्रेटरी लब सुवेदी, थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, तमुधिं यूके सल्लाहकार एवं पूर्वप्रअ एकेन्द्र गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, भूतपूर्व अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, तमुधिं लन्डन इकाई निवर्तमान अध्यक्ष दिपक (डेविट) गुरुङ, फोटो पत्रकार मिलन तमु लगायतले मेला सफलतापूर्वक सम्पन्न गर्न विभिन्न सुझावहरु दिएका थिए ।

स्मरण होस्, तमुधिं यूकेले सन् २००९ देखि प्रत्येक वर्ष आयोजना गर्दैआएको नेपाली मेलामा उत्कृष्ट झाँकी तथा नृत्य प्रस्तुत् गर्ने समूहलाई नेपाली दूतावास लन्डनद्वारा प्रायोजित ‘एम्बासेडर कप’ ले सम्मान गर्दै आएको छ ।
बेलायतस्थित विभिन्न जातीय र भेगीय नेपाली संघसंस्थाहरुले भाग लिँदै आएको नेपाली मेलाले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा विशेष भूमिका खेल्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!